काठमाडौं, 1 जनवरी 2022
नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७ सय ४२ जनाको नामावली टाँस गरेको छ । माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।









































