काठमाडौं, 21 अक्तूबर 2021
नेकपा माओवादी केन्द्रले विभिन्न विभागका प्रमुखहरुको नेतृत्वको टुंगो लगाउदै पूर्णता दिएको छ । पार्टी कार्यालयमा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा एक प्रतिष्ठान गठन गर्दै नेतृत्वको टुङ्गो लगाएको हो । पार्टीको सम्पर्क समितिको संयोजकमा डिलाराम आचार्य रहनुभएको छ । सवै विभाग र नीति तथा अनुसन्धान प्रतिष्ठान अधिकतम ३५ सदस्यीय रहेका छन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले सवै बिभागले पूर्णता पाएको र विपत व्यवस्थापन विभागलाई भने पूर्णता दिन बाँकी रहेको बताउनुभयो । अहिलेसम्म ५–६ लाख पार्टी सदस्य पुराउने लक्ष्यका साथ पार्टी अघि बढेको उहाले बताउनुभयो । उहाले सदस्यता थप वा नविकरणको म्याद थप भएकाले सदस्यता थप हुन सक्ने बताउनुभयो ।









































