वीरगञ्ज, 21 अक्तूबर 2021
हिन्दू युवाले पर्साको वीरगञ्जमा बंगलादेशविरुद्ध प्रदर्शन गरेका छन् । बुधबार वीरगञ्जमा प्रदर्शन भएको छ। बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दूमाथि भईरहेको आक्रमणको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको हो । हिन्दू युवाहरुले विश्व हिन्दू परिषद नेपाल पर्साको आयोजनामा प्रदर्शन गर्नुका साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला पनि दहन गरेका छन् । बंगलादेशमा निरन्तर हिन्दू माथि आक्रमण तथा हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठ मन्दिरमा तोडफोड तथा आगजानी गरेपनि आरोपित मुस्लिमलाई कारवाही नगरेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन । हिन्दूमाथि भएको घटना प्रति बंगलादेशी हिन्दूलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारवाही गर्नुपर्ने माँग गर्दै निकालेका विरोध जुलुस गरेको थियो । माईस्थानबाट निस्केको विरोध जुलुस आर्दशनगर, अलखियामठ, अडिअर्वा हुँदै घण्टाघर चोकमा विरोध जुलुस पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागिहरुले हिन्दूमाथीको दमन बन्द गर, बंगलादेशी सरकार मुर्दाबाद, शेख हसिना मुर्दाबाद, मुस्लिम आयोग खारेज गर, इस्लामिक आतंक बन्द गर, जय श्रीराम लगायतका चर्को नारा सहित लगाएका थिए ।









































