काठमाडौं, 9 मार्च 2023
राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । मतगणनाका लागि आयोगले राष्ट्रपतिको उमेदवारका प्रतिनिधिहरुसँग छलफल गरेर आज नै बिहीबार ४ बजेबाटा मतगणना गर्ने सहमति भएको छ । मतपेटिका खोल्दा पत्रकारहरूको उपस्थिति पनि रहनेगरी सहमति गरिएको हो । राष्ट्रपति निर्वाचनमा संघीय संसदका दुवै सदर र प्रदेश सभाका सदस्यहरु सहभागी थिए । संघीय संसद र प्रदेश सभाको मतभार अलग–अलग हुने भएकाले मतगणना पनि अलग–अलग नै हुने आयोगले जनाएको छ । मतगणना आजै सकिने र विजयी उम्मेदवारलाई आजै बिहीबार प्रमाणपत्र प्रदान गरिने समेत जनाइएको छ।









































