HomeFeatureराष्ट्रिय सभाका समितिहरुमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित

राष्ट्रिय सभाका समितिहरुमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित

काठमाडौं,7 अगस्त 2020

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित हुनुभएको छ। दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी रावल थापा शुक्रबार निर्वाचित हुनुभएको हो। बिहीबार मनोनयन दर्ता हुँदा चारवटै समितिमा एक एक जनाको मात्रै उम्मेदवारी परेको थियो। त्यसैले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरिएको हो । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा निर्वाचित हुनुभएका रामनारायण विडारीले यसअघि प्रत्यायोजित विधायन, सरकारी आश्वासन र राष्ट्रिय महत्वका दास्तावेजहरुलाई व्यवस्थापन गर्ने कार्यको सुरुवात भइको र अव कार्यान्वयनमा जाने बेला भएको बताउनुभयो। उहाँले सरकारलाई कानून निर्माणमा सचेत गराउने, संवैधानिक अंगहरुलाई सचेत गराउने कार्यलाई प्रभावकारी बनाइने बताउनुभयो। उहाँले भन्नुभयो ‘अब सरकारलाई छोडिन्न, अब सरकारलाई के छोडिन्न भने मनलाग्दी कानून बनाउन छोडिन्न, अब सरकारलाई नियन्त्रण गरिन्छ, सरकारलाई सचेत गराइन्छ र संवैधानिक अंगहरुलाई पनि कानून मनलाग्दी बनाउन पाइदैन भनेर रोकिन्छ।

चाहे निर्वाचन आयोग होस, चाहे अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस, चाहे सर्वोच्च अदालत होस कानून बनाउने निकाय ती होइनन। त्यसकारण तिनिहरुले कानून बनाउँदा संसदलाई सिरोधार्य गरेर, संसदको न्यायिक अधिकार नमिच्ने गरी संघीय संसदको क्षेत्राधिकार भित्र बसेर हामी उनीहरुलाई प्रत्यायोजित सम्बन्धमा निगरानी गछौं, नियन्त्रण गछौं, निर्देशन दिन्छौं र कार्यान्वयन गराउँछौं ।दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले समितिले यस अघि सुरु गरेका कार्यक्रमलाई पूर्णता दिदै सरकारलाई थप सचेत बनाउने कामलाई अगाडि बढाउने बताउनुभयो। उहाँले विभिन्न मन्त्रालय अन्तर्गत के-के काम भइराखेको छ र सरकारले के गरिरहेको छ भन्ने कुरामा ओभरसाइड गर्ने बताउनुभयो। उहाँले भन्नुभयो ‘हाम्रो कार्ययोजना विभिन्न मन्त्रालय अन्तर्गत १७ वटा लक्ष्यहरु छन। ती मन्त्रालय अन्तर्गत के-के काम भइरहेको छ र खासगरीकन हाम्रो यो समितिले सरकारलाई कहाँ के भइराखेको छ भन्ने कुरामा हामीले ओभरसाइड गर्नेछौं। राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले वार्षिक कार्ययोजना निर्माण गरी समितिका कामकारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...