HomeFeatureराष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रीत भएर बजेट आउनुपर्छः भीम रावल

राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रीत भएर बजेट आउनुपर्छः भीम रावल

काठमाण्डौँ, 12 मई 2020

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रलाई केन्द्रीत भएर बजेट आउनुपर्ने बताउनुभएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेता रावलले कोरोनाको सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा सिद्धान्त र चुनौतीहरु केन्द्रीत गरी बजेट ल्याउनुपर्ने बताउनुभएको हो। देश र जनता सुरक्षित नभइ कुनै पनि काम अगाडी बढ्न नसक्ने उल्लेख गर्दै राववले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटक-पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको बताउनुभयो।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्तका छलफलमा आफ्नो धारणा राख्दै रावलले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने विषयमा उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। त्यहाँ सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भएपनि अहिलेम्म कुनै काम सुरु नभएको उहाँले बताउनुभयो। पञ्चायत कालमा समेत दार्चुलाको सीतापुलमा भारतीय र तिंकरमा चीनसँगको भन्सार विन्दु सञ्चालन रहेपनि अहिले सबै भन्द रहेको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। कोरोना संक्रमण रोक्ने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको व्यवस्थापन नै हुन नसकेको भन्दै रावलले भौतिक संरचना निर्माण लगायत व्यक्तिगत आवश्यक उपकरणहरुको प्रवन्ध गर्ने नीति अघि सार्न आग्रह गर्नुभयो।

ग्रामिण क्षेत्रमा उत्पादन हुने तरकारी सडेर जाने अवस्थामा भारतबाट ट्रकका ट्रक सडक नेपाल भित्रिरहेको उल्लेख गर्दै रावलले बजेटमा यी कुराहरु समेट्न गम्भिरता देखाउनुपर्ने बताउनुभयो। सरकारले समाजवाद उन्मुख अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तको अवधारणा अघि सारेपनि व्यवहारमा दलाल, नोकरशाही र पूँजीपतिहरुलाई प्रसय दिइएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...