काठमाण्डौँ, 12 मई 2020
नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले कोरोनालाई नजरअन्दाज गर्दै नीति र सिद्धान्त ल्याएको बताउनुभएको छ। पूर्व अर्थमन्त्री समेत रहनुभएका कार्कीले मानव जीवनको रक्षा गर्दै सिद्धान्तहरु आउनुपर्ने भएपनि कोरोनालाई नजरअन्दाज गरेर परम्परागत ढंगबाट सिद्धान्त र प्राथमिकताहरु आएको बताउनुभयो। नेपाली जनताको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नेपाली अर्थतन्त्र चलायमान बनाउने अवस्थामा सरकारले त्यसो गर्न नसकेको उहाँले बताउनुभयो। सरकारले अघि सारेका सिद्धान्तर प्राथमिकताका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्ने र नेपालीको जीवन कष्टकर हुन सक्ने चेतावनी उहाँले दिनुभयो। आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै उहाँले फागुनसम्म विकास खर्च 25 प्रतिशत मात्रै हुनु अहिलेको सरकारको ठूलो असफलता भएको बताउनुभयो। सरकारको खर्चमा सिथिलता, नीजि क्षेत्रप्रतिको अविश्वास र बढ्दो भ्रष्टाचारका कारण नेपाली अर्थतन्त्र सिथिल हुँदै गएको उहाँले बताउनुभयो।
निर्वाचनको समयमा स्थिर सरकार र सुखि नेपाली समृद्ध नेपालको नारा दिएपनि तेस्रो बजेट ल्याउने तयारी हुँदासमेत राष्ट्रिय गौरबका योजनाहरुको प्रगति शून्यप्राय रहेको उहाँले बताउनुभयो।









































