काठमाण्डौँ 22 अप्रेल
रोटरी क्लब थापाथलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको छ। बुधबार क्लबले मन्त्रालयमै पुगेर मन्त्री भानुभक्त ढकाललाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको हो। पीपीइ लगाएर स्वाव कलेक्सन गरे जस्तै बुधबाट पनि परीक्षणका लागि स्वाव कलेक्सन हुन्छ। मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारले बक्सभित्र पसेर स्वास्थ्यकर्मीहरुले घाँटीको ऱ्यालको नमुना लिने बताउनुभयो। कलेक्सन बुथको माध्यमबाट स्वावको नमुना लिनलाई सहज हुनेछ।
बुधबारनै वल्र्ड भिजनले 1 हजार थान पीपीइ पनि मन्त्रालयलाई हस्तान्तरण गरेको छ। प्राप्त भएका स्वास्थ्य सामग्रीहरु व्यवस्थापन महाशाखामा भण्डार हुनेछन्। देशका जुनसुकै ठाउँमा पनि आवश्यक परेको खण्डमा स्वाव कलेक्सन बुथ र पीपीइ महाशाखाबाट नै पठाइने उहाँले बताउनुभयो।









































