HomeFeatureलकडाउनका कारण काठमाडौँको पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान

लकडाउनका कारण काठमाडौँको पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान

काठमाण्डौँ, 22 अप्रेल

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनका कारण काठमाडौँको पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान छन्। लकडाउन लागू भएको बिहीबार एक महिना पुग्दैछ। लकडाउनको असर कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर सबैतिर परेको छ। सधैं भिडभाड रहने विश्व सम्पदा सूचिमा समेत रहेको हिन्दु धर्मावलम्बिहरुको शक्तिपिठ आराध्यदेव पशुपती नाथको मन्दिर क्षेत्र अहिले लकडाउनको कारण सुनसान छ। मन्दिर भित्र नियमित पूजा सञ्चालन भए पनि बाहिरबाट जाने भक्तालुहरुलाई प्रवेशमा रोक लगाइएको छ। मन्दिरको मुख्य प्रवेशद्धार सँगै अन्य ढकोकाहरुमा पनि ताला लगाइएको छ। सामान्य अवस्थामा निकै व्यस्त रहने यस क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ। मानिसहरुको निकै चहलपहल हुने यस क्षेत्रमा अहिले परेवा र बाँदर मात्रै देख्न सकिन्छ। यस्तै पशुपती क्षेत्र विकास कोष परिसर भित्र रहेको आर्यघाटमा पनि लकडाउनको प्रभाव परेको छ। आर्याघाटको दृश्य पहिला जस्तो देखिदैन्। चिताबाट निरन्तर बहने धुवाँ, आफन्तको पिडा र मलामीहरुको भीड हुने आर्यघाट यतिवेला शान्त छ। बुधबार आर्यघाटमा एउटामात्रै सब देखिन्थ्यो। लकडाउनको असरले मलामीहरु पनि निकै कम देखिन्थे। यसबाहेक पशुपती क्षेत्र विकास कोष परिसरमा रहेका विभिन्न पसलहरु पनि बन्द छन्। मानिसहरुको आवागमन निकै कम छ। यस्तै पशुपती क्षेत्रको केही ठाउँमा थालिएको निर्माण कार्यमा भने लकडाउनको असर त्यति देखिएन्। निर्माण कार्य भइराखेको देखिन्छ।

यस्तै निकै भिडभाड हुने अर्को धार्मिक स्थल बौद्ध क्षेत्र पनि सुनसान देखिन्छ। विश्व सम्पदा सूचिमा रहेको पर्यटकीय स्थल बौद्ध महाचैत्य स्तूपा लकडाउनका कारण सुनसान छ। बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेको स्तूपामा हुने नियमित पूजा भने रोकिएको छैन्। तर नियमित पूजाका लागि बाहिरबाट भक्तालुहरु जान पाएका छैनन्। बुधबार त्यस क्षेत्रमा पुग्दा लकडाउनको आदेशलाई पालना गरेको पाइएको छ। यस क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरु पूर्णरुपमा बन्द छन्। मनिसहरुको आवागमन शुन्य जस्तै छ। सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा आवागमन गर्न खोज्नेहरुलाई रोक्ने गरेका छन्। बौद्ध क्षेत्र परिसरमा थालिएको केही निर्माण कार्य भने लकडाउनको कारण प्रभावित भएको छ। भुइमा इट्टाहरु छरिएर रहेका छन भने कुनैपनि काम भएको छैन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...