HomeFeatureलकडाउनको आज 54 औँ दिन, जनजीवन प्रभावित, अत्यावश्यक बाहेकका कार्यालय बन्द

लकडाउनको आज 54 औँ दिन, जनजीवन प्रभावित, अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाण्डौँ, 16 मई 2020

सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरेको लकडाउनको 54 दिन पुगेको  छ। चैत 11 गतेबाट जारी गरिएको लकडाउन आज 54 औँ दिनमा प्रवेश गरेको हो। लकडाउनका कारण नेपालीहरूको जनजीवन प्रभावित बनेको छ। अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द रहेका छन्।

आइतबारबाट सरकारले अत्यावश्यक सेवाका कार्यालय सञ्चालनमा केही सहज गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारिएको छ। बैंक तथा वित्तिय संस्थाका सिमित कार्यालयहरु मात्रै सञ्चालनमा छन्। सरकारले उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न 42 प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि अहिले सरकारले उपलब्ध गराएका सम्पूर्ण पासहरु रद्द गरिएका छन्। उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ। उपत्यका भित्रि गल्लिहरुमा समेत जथाभावि नहिड्न प्रशासनले निर्देशन दिएको छ।

अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधन भने सञ्चालन गर्न दिइएको छ। स्वास्थ्य मन्त्रालयको शनिबार 1 बजे सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमितको संख्या 276 पुगेको छ। 36 जना उपचारपछि निको भर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...