HomeFeatureलकडाउनको आज 58 दिन पूरा, मुख्य सडकहरूमा सवारी साधनको आवागमन न्यून

लकडाउनको आज 58 दिन पूरा, मुख्य सडकहरूमा सवारी साधनको आवागमन न्यून

काठमाण्डौँ, 20 मई 2020

कोरोना भाइरस (कोभिड–19) नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको आज 58 दिन पुगेको छ। गत चैत 11 गतेदेखि जारी गरिएको लकडाउनको आज 58 दिन पुगेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई पार्दै गएको छ। बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनलाई पालना गरिएको पाइएको छ। मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिन्छ। सुरक्षाकर्मीले सवारी चेकजाँचलाई कडाई पारेका छन्। प्रशासनले जारी गरेको पास बिना सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ। अत्यावश्यक सेवा, ढुवानी सेवाका साधनहरु भने सञ्चालनमा आएका छन्। यस्तै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी लगायतका व्यक्तिका सवारी साधनलाई पनि सञ्चालन गर्न दिइएको छ।

उपत्यकाका भित्रि सडक छेउमा रहेका अत्यावश्यक उपभोग्य वस्तुका केही पसलहरु खुलेका देखिन्छन्। मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर उपभोग्य वस्तुहरु किनमेल गर्ने गरेका छन्। लामो समय देखि लकडाउन हुँदा जनजीवन भने प्रभावित भएको छ।   

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...