HomeFeatureलिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा सार्वजनिक

लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा सार्वजनिक

काठमाण्डौँ, 20 मई 2020

सरकारले लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ। मंगलबार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नयाँ नक्सा सार्वजनिक गरिएको हो। जेठ 5 गते मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नक्सा मन्त्री पद्मा अर्यालले सार्वजनिक गर्नुभएको हो। नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीसँगै गुञ्जी, नाबी र गुटीलगायतका क्षेत्रपनि समेटिएको मन्त्री अर्यालले बताउनुभयो। राष्ट्रियता र सम्प्रभुताको रक्षाका लागि नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री अर्यालले नेपालको सो कदमलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नुभयो। नेपालसँग उपलब्ध प्रमाण र तथ्यले देखाएको बाटोमा सधै अगाडी बढ्ने उहाँले बताउनुभयो।

नेपालको सम्पूर्ण भूमि समेटिएको नक्सा सार्वजनिक हुनु सिंगो नेपालीहरुका लागि ऐतिहासिक सुखद क्षण भएको उहाँले बताउनुभयो।

नक्सा सार्वजनिक कार्यक्रममा मन्त्री अर्यालले नयाँ नक्सा सार्वजनिक भएपछि विश्वमा नेपालको मानचित्र, नेपालीको मान र नेपालीको मन बदलिएको समेत बताउनुभयो।

सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सामा 753 वटा स्थानीय तह, 7 वटा प्रदेश र अन्तर्राष्ट्रिय सीमानाहरु पनि समेटिएका छन्। सरकारले नेपाल र नेपालीको सिर झुक्न नदिने उल्लेख गर्दै नक्सा प्रयोग हुने सम्पूर्ण सरकारी दस्तावेज र पाठ्य-पुस्तकमा नयाँ नक्सा प्रयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गर्नुएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...