HomeFeatureलकडाउनपछि दिल्लीमा खाद्य सामग्री वितरण गर्दै एक मनकारी नेपाली, दैनिक 4 गाडी...

लकडाउनपछि दिल्लीमा खाद्य सामग्री वितरण गर्दै एक मनकारी नेपाली, दैनिक 4 गाडी खाना बाड्दै

नयाँ दिल्ली 3 अप्रेल/ खुम गुरुङ

भारतमा लकडाउनका कारण मजदुरहरू सबैभन्दा धेरै समस्यामा परेका छन्। कोरोना महामारीको रोकथामका लागि भन्दै गरिएको लकडाउनका कारण भारतमा काम गर्ने नेपाली मजदुरहरूमा पनि खाने र बस्ने समस्या देखिएको छ। होटल, कलकारखाना र उद्योग व्यवसाय ठप्प हुँदा मजदुरहरूलाई आर्थिक अभावका कारण खानपिनको समस्या भइरहेको छ।

दिल्ली सरकार, स्थानीय प्रशासन र केही सामाजिक संगठनहरूले खाद्य सामग्री वितरण गरेपनि समस्यामा परेका नेपालीहरूको भोको पेट भर्न सकिएको छैन। त्यसैलाई ध्यानमा राख्दै नयाँ दिल्लीस्थित कञ्चन डेकोरेटर्स समूहले अपोलो नजिक जसोलामा 4 नेपाली परिवारलाई 20/25 दिन पुग्ने खाद्यान्न वितरण गरेको छ। नेशनल लाईभसँग कुरा गर्दै कञ्चन डेकोरेटर्सका संचालक कञ्चन गुरूङले लकडाउन सुरु भएको दिन देखिनै आफुहरूले भोकै बस्न बाध्य भएकाहरूलाई खाद्य सामग्रीहरू वितरण गरिरहेको बताउनुभयो।

तीन जना भारतीय र आफु गरी चार जनाको टोलीले दैनिक रूपमा चार गाडीहरू दिल्लीका फरक-फरक ठाँउमा पठाएर खाद्य सामग्री वितरण गरिरहेका गुरूङले बताउनुभयो। बाटोमा भोकै भेटिनेहरूलाई पाकेको खाना र घरमा खाना नपुगेकाहरूलाई 20/25 दिन पुग्ने गरी खाद्यान्न वितरण गर्ने गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, समस्यामा परेका जोसुकैले पनि फोन गर्दा खाद्यान्न सहयोग गर्ने गरेका छौँ। हामिले फेसबुकमा मोबाइल नम्बरहरू जारी गरेका छौँ, त्यसैको आधारमा फोनहरू आउँछन् र हामी खाद्यान्न वितरण गर्छौँ। उहाँले आवश्यक परेकाहरूले 9811279396 मा फोन गरेर खाद्य सामग्रीको सहयोग लिन सक्ने बताउनुभयो।

कञ्चन गुरुङ कञ्चन डेकोरेटर्सका संचालक हुनुहुन्छ। उहाँले बेलाबखतमा नेपाली समुदायलाई आर्थिक सहयोग पनि गर्दै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...