HomeFeatureधनगढीमा कोरोनाको लक्षण देखिएका एक भारतीयको मृत्यु, थ्रोट स्वाब संकलन गरी परीक्षण...

धनगढीमा कोरोनाको लक्षण देखिएका एक भारतीयको मृत्यु, थ्रोट स्वाब संकलन गरी परीक्षण गरिने

कैलाली, 3 अप्रेल/ हिम शाह

धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार कक्ष आईसीयू-मा उपचार गराईरहेका एक जनाको मृत्यु भएको छ। उपचारार्थ भारतीय नागरिकको आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। कञ्चनपुरकोे झलारीमा रहेको आरसीटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती भारतीयको उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालले उच्च ज्वरो, निमोनिया र सुगरको समस्या देखिएपछी उनलाई आईसीयू-मा भर्ना गरिएको बताएको छ। एक दिनसम्म सेती अस्पतालमै भर्ना गरिएका उनको अवस्था गम्भीर भएपछि चिकित्सकहरुले आईसीयू-मा राख्नुपर्ने सुझाएका थिए। सेती प्रादेशिक अस्पतालमा आईसीयू खाली नरहेकाले उनलाई माया मेट्रो अस्पतालमा भर्ना गरिएको बताईएको छ।

मृतकमा कोरोना भाईरसको लक्षण देखिएकाले उनको थ्रोट स्वाब संकलन गरी परीक्षण गरिने बताईएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...