HomeFeatureललितपुरको च्यासल स्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम धमाधम चल्दै

ललितपुरको च्यासल स्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम धमाधम चल्दै

काठमाडौं 24 जुलाई 2020

ललितपुरको च्यासल स्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम यतिवेला धमाधम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) को लगानीमा निमार्ण भइरहेको मैदान असार मसान्त सम्म सक्ने लक्ष्य लिए पनि विश्वभरीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मंसिरसम्म लम्बिएको छ । उमेर समूहका खेल देखी दोस्रो डिभिजनका खेल आयोजना गर्ने लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको करिब ४८ रोपनी जग्गाले रंगशालाको रुप लिँदै छ । ३० करोड लगानीमा निमार्ण गर्नका लागिएको मैदानलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको रंशगाला बनाउने लक्ष्यका साथ अहिले काम भइरहेको छ । मैदानलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्म तयार पार्ने गरी निर्माणको थालिए पनि त्यो सम्भव हुन सकेन । १२ हजार दर्शक क्षमताका साथ निर्माण सुरु भएको मैदानमा अहिलेसम्म २६ करोड रुपैयाँ खर्च भइसकेको छ । डाँफे, प्रेरा र प्रतिष्ठा जेभिले संयुक्त रूपमा निर्माण गरिरहेको आयोजनाको ५ प्रतिशत काम मात्रै बाँकी रहेपनि कोरोनाका कारण मंसिर सम्मका लागि सरेको प्रोजेक्ट म्यानेजर महेश मंगल जोशीले बताउनुभयो । लक डाउनका कारण रोकिएको काम जेठ २२ गतेबाट सुरु भएको थियो ।

आयोजनाको म्याद मंसिरसम्म थप गरिएपनि भदौ मसान्तमा हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । २०७४ असारबाट सुरु भएको  निर्माण कार्यको नयाँ योजना अनुसार मैदानको पूर्व र दक्षिणतर्फ प्याराफिट बढाइएको छ । पश्चिमपट्टि नयाँ संरचना थपिएको छ भने उत्तरमा खाली छ । बागमती नदिको किनार भएकाले वर्षा यामा बाढी रोक्न पर्खाल बनाइएको छ। अहिले उक्त क्षेत्रमा बागमतीको पानीले कटान गरेको छ भने मैदानमा बाढी पस्ने अवस्था छ। त्यसका राखेपले विपद व्यवस्थापन महाशाखा समक्ष २ करोड माग गरेको छ। निमार्ण सम्पन्न पछि राष्ट्रिय खेलकुद परिषदले रंगशाला व्यवस्थापनका लागि एन्फालाई प्रदान गर्ने तयारी छ। त्यसपश्चात एन्फाले एसियाली फुटबल महासंघको आर्थिक सहयोगमा फ्लड लाईट राख्ने सहमति एन्फासँग भएको छ। ग्रासरुटबाट फुटबल विकासका सहयोग पुर्याउने लक्ष्यका साथ मैदान निमार्णका लागि तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले प्रस्ताव अघि सार्नुभएको थियो । आयोजना सम्पन्न भए मैदानले दशरथ रंगशालामा निर्भर हुनु पर्ने अवस्था हट्ने विश्वास गरिएको छ । साथै घरेलु प्रतियोगिताका लागि एन्फा कम्लेक्स र रंगशालाको मात्र भर पर्नुपर्ने बाध्य पनि हट्नेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...