HomeFeatureलालपुर्जा नेपाली, खेत भारतमा

लालपुर्जा नेपाली, खेत भारतमा

दिल्ली, 29 जनवरी 2022

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको चोरापाखर जमुनी नदी किनारको फुलहर घाटमा नयाँ सीमास्तम्भ राखिएपछि नेपालीको खेत भारततर्फ परेको छ । पुस्तौंदेखि भोगचलन गर्दै आएको खेत पारि परेपछि स्थानीय समस्यामा परेका छन् । हातमा लालपुर्जा भए पनि जग्गा भारतमा परेको स्थानीय मायाशंकर यादवले बताए । ‘खेतको बीचमै 289/2 नम्बरको मझौला सीमास्तम्भ गाडिएको छ,’ उनले भने, ‘भारततिर परेको ११ कट्ठाभन्दा बढी जग्गा भोगचलन गर्न वञ्चित भएको छु ।’ उनको कित्ता नम्बर 434 र 435 खेतीयोग्य जग्गा छ । भारततर्फ परेको जग्गाको मालपोत भने नेपाल सरकारलाई नियमित बुझाउँदै आएको उनले बताए । यो क्षेत्रमा पछिल्लो पटक २०७६ माघमा सीमा निर्धारण गरिएको थियो । नेपाल–भारत प्राविधिकको टोलीले सीमास्तम्भ नेपालतर्फ अतिक्रमण गरी राखिदिएको स्थानीय बताउँछन् । जसका कारण यहाँका ६० परिवारको खेत भारततिर परेको छ । पहिला नदी नै सिमाना भए पनि बहावले क्षेत्र परिवर्तन गरेपछि राखिएको सीमास्तम्भ ६० मिटरभन्दा बढी नेपालतर्फ च्यापिएको छ । खेतमै स्तम्भ राखिएपछि जोतभोग गर्न भारतीय प्रहरीले रोकेको छ । सिमानामा नयाँ स्तम्भ राख्दा पुस्तौंदेखि खेती गर्दै आएका मुसहरनिया–२ का ६० परिवारको ५० बिघाभन्दा बढी खेत भारतमा परेको छ । यस्तै, चोरापाखर फुलहर घाटमा शिलान्यास गरिएको झोलुंगे पुलको योजना अलपत्र भएको छ । निर्माणमा भारतीय सशस्त्र सीमा बलका सुरक्षाकर्मीले अवरोध गरिरहेका छन् । जमुनी नदीमा पुल बनाउन गाउँपालिकाले ४९ लाख बजेट विनियोजन गरेको थियो । ३२ मिटर लम्बाइको झोलुंगे पुलको निर्माण गर्न एसएसबीले रोकेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष धनवीर यादवले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...