HomeFeatureलोकतन्त्रको अभ्यास ठिक भए नभएको समिक्षा गर्नुपर्ने बेला आएको सभामुख अग्निप्रसाद सापकोटाको...

लोकतन्त्रको अभ्यास ठिक भए नभएको समिक्षा गर्नुपर्ने बेला आएको सभामुख अग्निप्रसाद सापकोटाको कथन

काठमाण्डौ, 22 सेप्टेम्बर 2020

संघीय संसद प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए नभएको सम्बन्धमा गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ । मंगलबार प्रेस काउन्सिलले आफ्नो एकाउन्नौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए नभएको सम्बन्धमा समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको हो । लोकतन्त्रको विकास, विस्तार र सुदृढिकरण गर्ने सम्बन्धमा देखिएका चुनौतिहरुका कारण लोकतन्त्रको अभ्यास ठिक तरिकाले भयो भएन समिक्षा आवश्यक भएको उहाँको भनाई छ । पछिल्लो समय विकास भएका प्रवितिको सकारात्मक पक्ष र नकारात्मक पक्षले गर्दा लोकतन्त्रको कर्यान्वयनमा चुनौति बढेको पनि सभामुख सापकोटाले बताउनुभयो । त्यसैले लोकतन्त्रलाई संस्थागत गर्ने सम्बन्धमा राज्यका निकायहरु र नागरिकको समेत भूमिका बढेको बताउनुभयो । त्यसका लागि जनतालाई केन्द्रमा राखेर लोकतन्त्रको अभ्यास गर्नुको विकल्प नरहेको पनि सभामुख सापकोटाले स्पस्ट पार्नुभयो । त्यसका लागि संघीय संसदलाई जीवन्त बनाइराख्न आफुले जोड दिइरहेको उहाँले बताउनुभयो ।

सभामुख सापकोटाले नागरिकसम्म सूचना पु¥याउन प्रेसले खेलेको भूमिकाको पनि प्रशंसा गर्नुभयो । आफु शिक्षा र प्रेस प्रति नजिक रहेर काम गर्ने मौका पाएकाले पनि प्रेसको महत्व बुझेको बताउँदै लोकतन्त्रका अभ्यासलाई अझबढी प्रभावकारी बनाउन प्रेसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याएका २७ जना पत्रकारहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेको छ । जसमा प्रेस काउन्सिल ‘युवा पत्रकारिता पुरस्कार २०७७’ लमजुङकी शान्ता कमली, कास्कीकी राधिका कँडेल, दैलेखका शेरबहादुर थापा, दैलेखका दिपेन्द्र वली, उदयपुरका रेणु पराजुली, रोल्पाका देवीकुमारी गुरुङ, धनुषाका राजनकुमार सिंह, काठमाडौंकी कमला श्रेष्ठ, सप्तरीका राजु श्विकर्मा, मकवानपुरका गिरिजा अधिकारी, कैलालीका गणेश चौधरी, रामेछापका माधवप्रसाद पौडेल, चितवनका सुरेशचन्द्र अधिकारी र इलामका सटेन्द्रकुमार जबेगु सम्मानित हुनुभएको छ । यस्तै ‘प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार २०७७’ बाट काठमाडौंकी नितु पण्डित, कास्कीकी दिपेन्द्र श्रेष्ठ, काठमाडौंका उमेश श्रेष्ठ र ऋषि धमला, राजन कार्की, धनुषाका धर्मेन्द्रकुमार कर्ण र झापाका गोविन्दचन्द्र क्षेत्री सम्मानीत हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...