HomeFeatureवन कार्यालयद्वारा रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मुल्याङ्कन शुरु

वन कार्यालयद्वारा रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मुल्याङ्कन शुरु

कास्की, 14 डिसेम्बर 2020

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण-पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मुल्याङ्कन शुरु भएको छ। विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) शुरु गरेको हो। वनमा रहेका ६ सय वटा रुख कटान गर्नुपर्ने देखिएको वन कार्यालयले बताएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ। सोही अनुसार रिठेपानी डाँडा पनि ४० मिटर कटान गर्नुपर्ने देखिएको छ । विमानस्थलको अनुरोधमा ६ सय वटा रुख हटाउनको लागि नम्बरिङ गर्ने काम भइसकेको छ। तर वन सम्बन्धी कार्यविधि अनुसार विामानस्थलले १ रुख बराबर २५ रुख हुर्काएर वन विभागलाई जिम्मा लगाउनुपर्ने व्यवस्था छ । सोही अनुसार विमानस्थलले नयाँ ठाउँमा जग्गा प्राप्ती गरी उपलब्ध गराएपछि डाँडा कटान शुरु गर्न स्वीकृति दिइने डिभिजन वन कार्यालय पोखराका प्रमुख केदार बरालले बताउनुभयो ।

ठुला विकासका आयोजनाका नाम वन विनासलाई नियन्त्रण नगर्दा वन मासिदै गएको वन संरक्षणकर्मी राजु आर्चायले बताउनु भएको छ  । आयोजना निर्माण हुँदा एक रुख बराबर २५ विरुवा हुर्काएपछि मात्र्र वन कटान शुरु गरिनुपर्ने बताउनुभयो ।

विकासको नाममा कुनै पनि आयोजनाले एक वटा रुख विनास गरेवापत २५ वटा रुख हुर्काउनुपर्ने हुन्छ । तर विमानस्थलको निर्माण कार्य सम्पन्न हुनै लाग्दा समेत जग्गा प्राप्ती गरी विरुवा हुर्काउने प्रक्रिया अगाडि नबढ्नुले रिठेपानी डाँडा कटान हुने कार्य प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...