काठमाण्डौ, 4 डिसेम्बर 2020
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा पक्राउ गरेको घटनाको विषयमा छलफलका लागि आज नेपाली कांग्रेसको पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठक बस्ने भएको छ ।
आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको जनाइएको छ। तनहुँमा सरकारले पार्टीका वरिष्ठ नेतामाथि जुन किसिमको हर्कत गर्यो त्यसको विषय छलफल गर्नका लागि बैठक बस्न लागेको जनाइएको छ ।
आजको विषयमा पूर्वनिर्धारित कार्यतालिकामा छलफल नहुने र साथै सरकारले पछिल्लो समय गरेका कमिकमजोरीका बारेमा छलफल हुने उनले बताए । साथै बैठकमा पदाधिवकारी एवम् पूर्वपदाधिकारीहरुको उपस्थिती रहनेछ ।
गत बुधवार तनहुँको ब्यास नगरपालिकामा निर्मित पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पुल उद्घाटन विवादमा परेपछि प्रशासनले निषेधाज्ञा जारी गरेकोमा पौडेल लगायत कांग्रेसका नेता कार्यकर्ताहरुले निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
साथै केही घण्टा जिल्ला प्रहरी कार्यालय तनहुँमा राखि पौडेललाई छाडिएको थियो । साथै पौडेलले बिहीवार उक्त पुलको उद्घाटन गरेका छन् ।









































