बनबसा, 4 नोभेम्बर 2020
बनबसा नाका भएर भारत आइरहेका नेपालीहरुमा कोरोना संक्रमण फेला परे नेपाल फिर्ता पठाइदैछ । यसै क्रमममा बिहीवार कोरोना पोजेटिभ देखिएका 3 जना नेपालीहरुलाई फिर्ता पठाइएको छ । भारत-नेपाल सीमास्थि भारतीय स्वास्थ्य विभागको मेडिकल क्याम्पमा बिहीवार गरिएको एन्टिजन टेस्टमा तीन नेपाली नागरिकहरु कोरोना पोजिटिभ पाइएका हुन । कोभिड प्रभारी डा. मोहम्मद उमरका अनुसार बिहीबार गड्डाचौकी नाकाबाट भारत आइरहेका नेपाली नागरिकहरु मध्ये 107 जनाको RTPCR र 256 जनाको एन्टीजन टेस्ट गरिएको थियो । त्यस मध्ये 3 जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनिहरुलाई नेपाल फिर्ता पठाइएको हो ।
चम्पावत जनपदको गड्डाचौकी सीमाबाट भारत आइरहेका हरेक नेपाली नागरिकहरुको एन्टीजन टेस्ट भइरहेको छ । बनबसाका व्यापारिहरुको मागमा भारत आइरहेका नेपाली नागरिकहरुको कोरोना एन्टिजन टेस्ट भइरहेको छ । हरेक दिन 300 देखि 350 जनाको टेस्ट भइरहेकोमा अहिलेसम्म 40 भन्दा धेरै नेपालीहरु पोजेटिभ पाइएका छन । उत्तराखण्ड राज्यमा केहीदिनदेखि बढिरहेको कोरोना संक्रमणका कारण उत्तर प्रदेशसँग जोडिएका सबै सीमाहरुमा उत्तराखण्ड आइरहेका यात्रुहरुको कोरोना टेस्ट भइरहेको थियो । तर नेपालबाट आइरहेका नेपाली नागरिकहरुको कोरोना टेस्ट भने भइरहेको थिएन । त्यसपछि चम्पावत जनपदको बनबसास्थित नेपाल सीमामा 14 नोभेम्बरका दिन व्यापार मण्डलले विरोध प्रदर्शन गरेको थियो । त्यसपछि 14 नोभेम्बर साँझदेखिनै नेपाल-भारत सीमामा स्वास्थ्य विभागको टीमले चेक पोस्ट बनाएर नेपालबाट आउने नेपाली नागरिकहरुको कोरोना टेस्ट शुरु गरेको थियो ।









































