HomeFeatureवर्तमान सत्ता गठबन्धन दलहरुकै कारण मुलुक चाडैँ निर्वाचनमा जान्छ: किरण पौडेल

वर्तमान सत्ता गठबन्धन दलहरुकै कारण मुलुक चाडैँ निर्वाचनमा जान्छ: किरण पौडेल

काठमाडौं, 2 सितम्बर 2021

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले वर्तमान सत्ता गठबन्धन दलहरुकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताउनुभएको छ । बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताउनुभएको हो । गठबन्धनभित्रको विभिन्न स्वार्थ समूहका कारण देशको गतिरोधलाई अन्त्य गर्नका निम्ति निर्वाचनको विकल्प नभएको प्रमाणित हुँदै गरेको भन्दै उहाँले अबको विकल्प ताजा जनादेश नै भएको बताउनुभयो । उहाँले वर्तमान सत्तारुढ गठबन्धन अस्वभाविक र अप्राकृतिक भएकाले धेरै नटिक्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अब फेरी अहिलेको सत्तारुढ गठबन्धनभित्रका विभिन्न किसिमका स्वार्थ समुहहरुले अब त्यो किसिमको परिस्थिति जुन निकाल्दैछन्, मुलुक फेरी एकपटक छिट्टै यो गतिरोधलाई अन्त्य गर्नको निम्ति फेरी संसद विघटन गर्ने र पुनः ताजा जनादेशमा जानुको कुनै विकल्प देखिदैन भन्नेकुरा फेरी प्रमाणित हुदैँछ । हिजो केपी शर्मा ओलीले त्यो कदम चलिरहँदा त्यसलाई गलत भनेर व्याख्या गर्नेहरु, अब ओलीले चालेका कदमहरु राष्ट्रिय आवश्यकता रहेछ भन्ने कुरा आम जनताले महशुस हुनेगरी मुलुकको राष्ट्रिय राजनीति अब त्यो तर्फ जाने हामीले अनुमान पनि गरिरहेका छौँ र जानुपर्छ । र त्यो ताजा जनादेश नै अबको एकमात्र विकल्प हो भन्ने हाम्रो संगठनको ठम्याई छ । अस्वभाविक र अप्राकृतिक जुन गठबन्धन थियो । यो गठबन्धन पनि धेरै टिक्नेवाला छैन । मुलुक पुनः निर्वाचनको बाटोतर्फ अघि बढ्नेछ ।

अध्यक्ष पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले दुई खर्ब भन्दा बढी रकम युवाहरुको उद्यमशीलता र स्वरोजगारका लागि छुट्याएको भएपनि राज्यका निकायले पारदर्शी रुपमा युवाहरुमाझ वितरण नगरेको बताउनुभयो । ओली नेतृत्वको सरकारले दिलाएको युवामैत्री कार्यक्रमको सबैले लाभ लिनु पाउनुपर्ने उहाँले माग गर्नुभयो । उहाँले रकमको पारदर्शिता हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...