HomeFeatureनेप्से परिसूचक दोहोरो अंकले घट्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं, 2 सितम्बर 2021

साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक २९७६.१८ बिन्दुबाट सुरु भएको शेयर कारोबार २९२६.८९ बिन्दुमा गएर शेयर कारोबार बन्द भएको हो । साताको अन्तिम कारोबार बिहिबार शेयर कारोबार मापक नेप्से परिसुचक उच्च अंकले घटेको छ । नेप्से परिसुचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलब ८९ अंकमा झरेको छ ।नेप्से परिसुचक ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेकस पनि ८ दशमलब ९० अकंले घटेको छ । नेप्से परिसुक दोहोरो अंकले घट्दा कारोबार रकम समेतमा प्रभाव देखिएको छ । कूल २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९सय ६७ किता ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैया शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैकिङ ०.८३, ट्रेडिङ १.०७ , होटल तथा पर्यटन ०.०३ , बिकाश बैंक ३.२९ , हाईड्रो पावर ३.३९ , फाईनान्स ३.६८, नन लाईफ इन्सुरेन्स १.७ , उत्पादन १.८५ , अन्य १.९६ , माईक्रो फाइनान्स ०.४२, लाईफ इन्सुरेन्स २.०२, म्युचल फण्ड ०.८४ ईन्भेष्टमेन्ट ३.३१ बिन्दुले शेयर घटेको छ ।कारोबारका आधारमा अरुण भ्याली हाईड्रो पावर कम्पनी लिमिटेड, एपी पावर कम्पनी लिमिटेड, नग्दी ग्रुप पावर लिमिटेड , युनाईटेड मोदि पावर हाईड्रो लिमिटेड , हिमालयन डिस्टिलेरी लिमिटेड शिर्ष स्थानमा रहेको छ । त्यस्तै सानिमा लाईफ ईन्सुरेन्स १०.०० , मनकामना स्मार्ट लघुविति वितिय सस्था लिमिटेड ९.९९, चन्द्रागिरी हिल्स लिमिटेड ५.२३, खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेड ५.०० , डेपरोसि लघुवित बितिय सस्था  लिमिटेड ४.३२ प्रतिशत बढेको छ । त्यस्तै नारायणी बिकास र्बैक लिमिटेड ६.८७, करपोरेट बिकश र्बैक लिमिटेड ६.४८, अरुण काबेली पावर लिमिटेड ६.०९, एनआरएन  ईन्फ्रस्ट्रक्चर एण्ड बिकास लिमिटेड ५.८८ , कर्णली बिकास बैंक लिमिटेड ५.८० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...