HomeFeatureवाराणसीमा नेपालीको कपाल खौरिएको घटनामा 1 व्यक्ति पक्राउ, कडा कारवाही गर्ने तयारी

वाराणसीमा नेपालीको कपाल खौरिएको घटनामा 1 व्यक्ति पक्राउ, कडा कारवाही गर्ने तयारी

वाराणसी, 17 जुलाई 2020

उत्तर प्रदेशको वाराणसी पुलिसले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या बयानका कारण वाराणसीमा नेपाली नागरिकमाथि गरेको दुर्व्यवहारको सम्बन्धमा एक अभियुक्तलाई पक्राउ गरेको छ । पुलिसले आज सन्तोष पाण्डेय नामक व्यक्तिलाई पक्राउ गरेको छ । पुलिसले घटनासम्बन्धि मुद्धा दायर गरि मुख्य अभियुक्त अरुण पाठकको खोजी शुरु गरेको छ । घटनाबारे डीजीपी हितेश चन्द्र अवस्थीले जानकारी लिँदै अभियुक्तहरुविरुद्ध कडा कारवाही गर्न आदेश दिनुभएको छ । उहाँले घटनाको उच्च स्तरीय अनुसन्धान गर्ने आदेश पनि दिनुभएको छ ।

भेलूपुर थानामा मुद्धा दर्ता भएपछि पुलिसले दुर्गाकुण्ड क्षेत्रबाट शुक्रवार सन्तोष पाण्डेयलाई पक्राउ गरेको हो । सन्तोषलेनै नेपाली युवकको कपाल खोरिदै गरेको भिडियो बनाएको थियो । मुख्य अभियुक्त अरुण पाठकलाई पुलिसले खोजिरहेको छ । अरुण पाठकले आफ्नो फेसबुक आईडीबाट पोस्ट गरेका थिए ।

वाराणसीका एसएसपी अमित पाठकले मुख्य अभियुक्त अरुण पाठक सहित अन्यकोस खोजी पुलिसले गरिरहेको बताउनुभएको छ । नेपाली नागरिकको कपाल खोरिएको मुद्धामा पुलिसले आईपीसीको धारा 505 (2), 295 र आईटी ऐक्ट लगाएको छ ।

यसअघि आजै भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कुरा गरि नेपालीहरुबारेको चिन्ता प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...