गोरखपुर, 19 जनवरी 2020
उत्तर प्रदेश के मुख्यमन्त्री योगी आदित्यनाथले विपक्षी पार्टीहरूले नागरिकता संशोधन विधेयक बारे भ्रम फैलाएको आरोप लगाउनुभएको छ। गोरखपुरमा भारतीय जनता पार्टीको सीएए समर्थक जनसभालाई सम्बोधन गर्दै उहाँले यो विधेयक छिमेकी देशहरू पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानमा धार्मिक रूपले प्रताडि़त अल्पसंख्यकहरूलाई नागरिकता दिनका लागि ल्याइएको बताउनुभयो।
यस कानूनले कसैको पनि नागरिकता न खोस्ने उहाँले स्पष्ट्र पार्नुभयो।









































