HomeFeatureविपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यशाला गोष्ठि सञ्चालन

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यशाला गोष्ठि सञ्चालन

काठमाण्डौ, 3 अप्रिल, 2021

राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो समयावधी सकिन लाग्दा स्थानीय तहहरुलाई विपद व्यवस्थापन सम्बन्धी सीप हस्तान्तरण गर्न थालेको छ । विपद व्यवस्थापनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय तहहरुलाई सक्षम बनाउने उद्देश्यले कार्यशाला सञ्चालन गरी सीप हस्तान्तरण गरेको हो । ललितपुरमा शुक्रबार सम्पन्न भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तीन दिने कार्यशाला गोष्ठिमा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले प्रशिक्षणमा पाएको ज्ञानले आफ्नो क्षेत्रमा आइपर्ने विपदको व्यवस्थापन गर्न सजिलो हुने बताएका छन् । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले स्थानीय स्तरमा विपद व्यवस्थापन गर्न बजेट अभाव हुने भएपनि स्थानीय श्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग गर्दै आएको बताएका छन् । यस्तै केही नीतिगत कुराहरुमा पनि स्पष्ट हुने मौका पाएको जनप्रतिनिधिहरुले बताएका छन् ।

पुननिर्माण प्राधिकरणले दिएको प्रशिक्षण प्राकृतिक विपदको व्यवस्थापन, मानव सृजित विपदको व्यवस्थापन र सङ्कट व्यवस्थापन समेतलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सहयोग पुग्नेछ । प्राधिकरणले विभिन्न चरणमा ५९ वटा कार्यशाला सञ्चालन गरेको छ । हरेक स्थानीय तहमा विपद व्यवस्थापन समिति हुने संवैधानिक व्यवस्था पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...