HomeFeatureवैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भिर

वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भिर

काठमाण्डौँ, 5 मे 2020

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताउनुभएको छ। वैदेशिक रोजगारीमा गएकाहरुमध्ये 10 देखि 30 प्रतिशतले रोजगारी गुमाउन सक्ने र त्यसबाट उत्पन्न हुने चुनौतिलाई व्यवस्थापन गर्न सरकारले योजना बनाइ राखेको मन्त्री ज्ञवालीले बताउनुभयो। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री ज्ञवालीले कोरोना भाइरस (कोभिड-19) को कारण देश भित्रै उत्पन्न हुने बेरोजगारी र बाहिरबाट फर्कनेहरुको व्यवस्थापन चुनौतिपूर्ण भएपनि सरकारले योजनाबद्ध रुपमा काम गर्ने तयारी गरिराखेको बताउनुभयो। उहाँले भन्नुभयो ‘कोभिड 19 का असरहरु श्रम बजारमा कति गहिरो पर्ने हो भन्ने कुराको यकिन भन्न सकिदैन्। तर हामी 10 देखि 30 प्रतिशतको स्थितिमा हामीले वैदेशिक श्रम बजार गुमाउँछौँ। त्यसको एकैचोटी दुई खालको असर पर्छ। एउटा त्यहाँ गएकाहरुले ठूलो संख्यामा रोजगारी गुमाएर आउनुहुन्छ दोस्रो यहाँ प्रति वर्ष तयार हुने झण्डै पाँच लाखको हिसाबले नेपाली श्रम बजारमा आउने युवाशक्ति जसमध्ये साढे 3/4 लाखको निम्ति सहज गन्तब्य बनेको थियो त्यो पनि साघुरिन्छ। देशभित्र नै बेरोजगारी कायम रहन्छ बाहिरबाट फर्किनेको संख्या झन बढ्छ र यो बेरोजगारीको व्यवस्थापन हाम्रो निम्ति आउँदो दिनहरुमा असाध्यै ठूलो चुनौतिको रुपमा रहने कुरा सरकारले गम्भिरतापूर्वक लिएको छ। त्यसका निम्ति विभिन्न खालका योजनाहरुको तयार पनि गरिराखेका छौं।’

कोभिड-19 बाट सिर्जना भएको समस्याका लागि विदेशमा रहेका नेपाली दुतावासहरु नियमित जानकारी लिने र सम्बन्धित सरकारसँग पनि पहल भइराखेको मन्त्री ज्ञवालीले बताउनुभयो। उहाँले खाडी देशहरुमा बढ्दै गएको कोरोना संक्रमणबाट नेपालीहरुलाई समस्या परेको सम्बन्धमा दुतावासमा निरन्तर सम्पर्क गरी समस्याको समाधान गर्ने र आर्थिक समस्यामा पर्नेहरुका लागि राहतको व्यवस्था गर्ने काम भइराखेको बताउनुभयो। यस्तै सबै मुलुकमा प्रधानमन्त्री स्तरबाट र मन्त्रालय स्तरबाट समेत पनि छलफल र उद्दारका लागि पहल भइराखेको उहाँले बताउनुभयो।

विदेशमा रहेका संक्रमित नेपालीहरुको निःशुल्क उपचार भइराखेको तर देशभर संक्रमण धेरै भएपछि सामान्य अवस्थामा रहेकालाई अस्पतालले घरमै बसेर आराम गर्न आग्रह गर्दा नेपालीहरुमा मनोवैज्ञानिक अप्ठेरो परेको बताउनुभयो। उहाँले कोरोना भाइरसको कारण लकडाउन हुने र हवाई उडान बन्द हुँदा विदेशमा रहेका नेपालीहरुको भिजा अवधि सकिने, श्रमिकहरुको करार अवधि सकिने र अवैध भई कानूनी समस्या आउन सक्छ कि भन्ने समस्या देखापरेको बताउनुभयो। उहाँले थुप्रै देशहरुले कामदारहरु कटौति गर्ने र रजिस्ट्रेसन सुरु गरेको अवस्थामा खर्चको अभाव हुने समस्या आएको समेत बताउनुभयो। तर अधिकांश देशहरुले भिजाको अवधि तीन महिना थपेकाले भने कुनै समस्या नहुने र सरकारले पनि त्यसमा पहल गरिराख्ने भएकाले कुनै समस्या आउन नदिने बताउनुभयो। नेपालबाट श्रमका लागि भारत, साउदी अरेयिबा, युएई, कतार, मलेसिया, दक्षिण कोरिया, जापान, साइप्रस, इजरायल लगायतका देशहरुमा नपालीहरु गएका छन्। यसबाहेक अन्य धेरै मुलुकमा अध्ययन, तालिम, श्रम गर्न तथा घुम्नका लागि गएका नेपालीहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...