नयाँ दिल्ली डेस्क, 5 मे 2020
वैश्विक महामारी कोरोना भाइरसबाट अहिलेसम्म 2 लाख 52 हजार 951 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 36 लाख 65 हजार 426 पुगेको छ भने, 12 लाख 6 हजार 335 जना उपचारपछि ठिक भएका छन्।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 69 हजार 925 जनाको ज्यान गएको छ भने, संक्रमितको संख्या 12 लाख 13 हजार 10 पुगेको छ। अमेरिकापछि इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाँ अहिलेसम्म 29 हजार 79 जनाको ज्यान गएको छ भने, 2 लाख 11 हजार 938 जनामा संक्रमणको पुष्टि भएको छ। ब्रिटेनमा अहिलेसम्म 28 हजार 734 जनाको ज्यान गएको छ, भने 1 लाख 90 हजार 584 जना संक्रमित भएका छन्। त्यसैगरी स्पेनमा अहिलेसम्म 25 हजार 428 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 2 लाख 48 हजार 301 पुगेको छ। त्यसैगरी फ्रान्समा अहिलेसम्म 25 हजार 201 जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 69 हजार 462 पुगेको छ।
चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 881 पुगेको छ। 4 हजार 633 जनाले ज्यान गुमाएका छन्, भने अहिलेसम्म 77 हजार 853 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। भने 395 जनाको उपचार चलिरहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रतिदिन बढिरहेको छ। भारतमा अहिलेसम्म 46 हजार 476 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 1 हजार 571 पुगेको छ। 12 हजार 849 जना उपचारपछि सञ्चो भएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढेर 82 पुगेको छ। नेपालमा आज 7 जना नयाँ संक्रमितहरू देखेका छन्। त्यसैगरी अहिलेसम्म 16 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्।









































