नयाँ दिल्ली, 13 जनवरी 2020
शंघाई सहयोग संगठन (एससीओ)-का महासचिव व्लादिमीर नोरोले आज नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस. जयशंकरसंग भेटवार्ता गर्नुभएको छ। विदेशमन्त्री जयशंकरले सदस्य देशहरू बीच पर्यटनलाई बढावा दिएकोमा शंघाई सहयोग संगठनको सराहना गर्नुभयो। उहाँले संगठनका आठ आश्चर्यहरूले (जसमा स्ट्याच्यू अफ यूनिटी सामेल छ) निश्चय पनि प्रेरणाको रूपमा काम गर्ने बताउनुभयो।
एससीओ महासचिव नोरो रायसीना डायलग 2020-मा भाग लिन 4 दिने भ्रमणका क्रममा आईतबार नयाँ दिल्ली आईपुग्नुभएको हो, जो 14 देखि 16 जनवरीसम्म नयाँ दिल्लीमा आयोजित गरिने छ।
शंघाई सहयोग संगठन यूरो-एशियाली देशहरूको राजनीतिक, आर्थिक तथा सुरक्षा संगठन हो। भारत र पाकिस्तान 2017-मा अस्ताना सम्मेलनमा आधिकारीक रूपले यस संगठनको सदस्यका रूपमा सामेल भएका थिए।









































