HomeFeatureशहरी विकास राज्यमन्त्री मानन्धरद्वारा चलचित्र क्षेत्रमा राहत वितरण

शहरी विकास राज्यमन्त्री मानन्धरद्वारा चलचित्र क्षेत्रमा राहत वितरण

काठमाण्डौँ, 15 मई 2020

शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले चलचित्र क्षेत्रमा दैनिक श्रम गर्नेहरुका लागि राहत स्वरुप खाद्य सामग्री उपलब्ध गराउनु भएको छ। चलचित्र निर्माता संघ र चलचित्र समन्वय एवं प्रवद्र्धन समिति मार्फत चलचित्र क्षेत्रमा दैनिक श्रम गरी जीविकोपार्जन गर्दै आएका व्यक्तिहरुका लागि चामल र दाल सहितको खाद्य सामग्री उपलब्ध गराइएको हो। राज्यमन्त्री मानन्धरको पहलमा चलचित्र क्षेत्रका विभिन्न 8 वटा संगठनहरु मार्फत उक्त राहत सामग्री वितरण गर्न लागिएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो। उहाँले कुल 6 हजार 7 सय 50 किलोग्राम चामल र 8 सय 25 किलोग्राम दाल उपलब्ध भएको बताउनुभयो। कोरोना भाइरस (कोभिड-19) रोकथामका लागि लकडाउन गरिएपछि चलचित्र क्षेत्र बन्द भएको र चलचित्र निर्माण समेत प्रभावित भएपछि त्यस क्षेत्रमा काम गर्ने श्रमिकहरु समस्यामा परेकोले राहतको आवस्यकता परेको अधिकारीले बताउनुभयो। उहाँले प्राप्त राहत सामग्री दैनिक श्रम गरेर जीविको पार्जन गर्ने श्रमिकहरुका लागि वितरण गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

राहत सामग्रीको वितरण आदिवासी जनजाति महासंघमार्फत 45 बोरा, नृत्य संघमार्फत 45 बोरा, निर्देशक समाज मार्फत 30 बोरा, ब्लु डाइमण्ड सोसाईटी मार्फत 30 बोरा, चलचित्र प्राविधिक संघ मार्फत 35 बोरा, चलचित्र द्धन्द्ध कलाकार संघ मार्फत 35 बोरा, र संगित उत्पादन समाज मार्फत 35 बोराका दरले हुने अधिकारीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...