HomeFeatureआरडीटी र पीसीआर गरी 86 हजार 999 परीक्षण, 258 जनामा कोरोना पुष्टि

आरडीटी र पीसीआर गरी 86 हजार 999 परीक्षण, 258 जनामा कोरोना पुष्टि

काठमाण्डौँ, 15 मई 2020

नेपालमा शुक्रबार थप 9 जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या 258 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मकवानपुरका 1 र बाँकेका 8 जनामा संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाला टेकुमा गरिएको परीक्षणमा मकवापुरका 37 वर्षिय पुरषमा संक्रमण पोजेटिभ देखिएको हो। यस्तै भेरी अस्पतालको प्रयोगाशालामा भएका परीक्षणमा बाँकेका 8 जना पुरुषमा पोजेटिभ देखिएको हो। उनिहरु 18 देखि 36 वर्ष उमेर समूहका छन्। देशभरीका विभिन्न 24 जिल्लामा कोरोना संक्रमण देखिएको छ।

प्रदेश नम्बर 1 मा 35, प्रदेश नम्बर 2 मा 100 जनामा संक्रमण भेटिएको छ। यस्तै बागमती प्रदेशमा 13, गण्डकी प्रदेशमा 3, प्रदेश नम्बर 5 मा 102 र सुदुरपश्चिम प्रदेशमा 5 जना संक्रमित भेटिएका छन्। कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन्। शुक्रबार 1 जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। कोसी अस्पतालमा उपचाररत उदयपुरका 25 वर्षिय पुरुष 27 दिनपछि घर फर्किएका हुन्।

शुक्रबारसम्म पीसीआर विधिबाट 23 हजार 914 जनाको नमुना परीक्षण भएको छ। यस्तै आरडीटी विधिबाट 63 हजार 85 जनाको आरडीटी परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा पीसीआर विधिबाट 1 हजार 250 र आरडीटी विधिबाट 758 गरी 2 हजार 8 वटा परीक्षण भएका छन्।

प्रदेश नम्बर 1 मा 8 हजार 933, प्रदेश नम्बर 2 मा 5 हजार 982, बागमती प्रदेशमा 9 हजार 673 वटा आरडीटी परीक्षण भएका छन्। यस्तै गण्डकी प्रदेशमा 6 हजार 862, प्रदेश नम्बर 5 मा 7 हजार 971, कर्णाली प्रदेशमा 7 हजार 307 र सूदुरपश्चिम प्रदेशमा 16 हजार 357 जनाको आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो।

देशभरीका विभिन्न अस्पतालमा 267 आइसोलेसनमा उपचाररत रहेका छन्। उपत्यकामा 27 सहित बागमती प्रदेशमा 34 जना आइसोलेसनमा रहेका छन्। प्रदेश नम्बर 1 मा 22, प्रदेश नम्बर 2 मा 102 गण्डकी प्रदेशमा 1 जना आइसोलेसनमा रहेका छन्। यस्तै प्रदेश नम्बर 5 मा 108 जना आइसोलेसनमा रहेका छन्। कर्णाली र सूदुरपश्चिममा भने कुनै पनि व्यक्ति शुक्रबार आइसोलेसनमा छैनन्।

अहिले देशभरीका क्वारेन्टिनमा 15 हजार 683 जना रहेका छन्। प्रदेश नम्बर 1 मा 885, प्रदेश नम्बर 2 मा 2 हजार 51, बागमती प्रदेशमा 117 र गण्डकी प्रदेशमा 307 जना क्वारेन्टिनमा रहेका छन्। यस्तै प्रदेश नम्बर 5 मा 8 हजार 3 सय 25, कर्णाली प्रदेशमा 1 हजार 82 र सूदुरपश्चिम प्रदेशमा 916 जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...