HomeFeatureश्री शिवपुरी धामको प्रवासी समितिद्वारा भारतमा अलपत्र परेका नेपालीहरुलाई 20 हजार आर्थिक...

श्री शिवपुरी धामको प्रवासी समितिद्वारा भारतमा अलपत्र परेका नेपालीहरुलाई 20 हजार आर्थिक सहयोग

नयाँ दिल्ली, 23 मई 2020

श्री शिवपुरी धाम उपल्लो गुफा पदमार्ग एवं प्रवेश द्वार निर्माण समिति प्रवासी समितिले भारतमा अलपत्र परेका नेपालीहरुलाई 20 हजार रुपैँया आर्थिक सहयोग गरेको छ । भारतमा लकडाउनपछि भोकै रहन बाध्य भएका नेपालीहरुलाई सहयोग गर्न भन्दै युवा समाजसेवी आरबी खड्काको माध्यमले श्री शिवपुरी धाम प्रवासी समितिले 20 हजार रुपैयाँ सबयोग गरेको हो । पर्वत जिल्ला पँयु गाँउपालिका वाड नम्बर 3 शिवपुरी धाम प्रवासी समूहका कोषाध्यक्ष छविलाल भट्टराई, उपाध्यक्ष एवं कानुनी सल्लाहकार देवीप्रसाद काफ्ले लगायतको प्रवासी समूहका सदस्यहरुले आर्थिक संकलन गरि बुझाएको हो । एक नेपालीलाई अफ्ट्यारो परेका बेला अर्को नेपाली हेरेर बस्न नसक्ने भएकाले आफुले सकेको सहयोग गरेको कोषाध्यक्ष भट्टराईले बताउनु भएको छ । भट्टराईले सहयोग संकलन गर्न सहयोग गरेकोमा समूहका अध्यक्ष तोलाकान्त काफ्ले, सचिव तारा प्रसाद भुषाल, सदस्यहरु यामप्रसाद भुषाल, छविलाल काफ्ले, पर्शुराम काफ्ले, भोजराज काफ्ले, कृष्ण काफ्ले, निलकण्ठ काफ्ले र दीपक काफ्लेलाई धन्यवाद दिनुभएको छ । यस विषयमा बोल्दै युवा नेता आरबी खड्काले यो सहयोग भोकै रहेका नेपालीहरुलाई खाद्यान्न लगायतका सामग्री वितरण गर्न खर्च गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...