नयाँ दिल्ली, 23 मई 2020
भारतबाट नेपाल जाने यात्रुहरुको संख्या दैनिक रुपमा बढ्न थालेपछि नेपालमा कोरोना संक्रमण बढ्ने सम्भावना पनि बढेको छ । यही विषयलाई ध्यान दिँदै नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले नेपाल जान लागेका नेपाली यात्रु र बसको चालक दलका सदस्यहरुलाई कोभिड-19 को संक्रबाट बच्ने उपायहरुको पालना गर्दै सुरक्षित रुपमा नेपाल पुग्न सुझाव सल्लाह दिएको छ । नेजस उत्तर भारतकी अध्यक्ष सुनिता जीसी कुँवर हिजो गाजियाबादबाट नेपालको गुल्मी जान लागेका नेपालीहरु भएको स्थानमा पुगेर मास्क लगायतका सामग्री वितरण गरि कोरोना भाईरस संक्रमणको जोखिमलाई कम गर्दै सुरक्षित नेपाल पुग्न भन्नु भएको छ । भारतमा रहेका नेपालीहरुलाई नेपाल जानबाट रोक्न नसकिने भएकाले आफुहरुले सामाजिक दुरी, मास्कको प्रयोग लगायतका सावधानीका उपायहरु अवलम्बन गर्न सबै यात्रु र चालक दललाई पनि आग्रह गरेको बताउनुभयो । हिजो गाजियाबादबाट गुल्मी जिल्लाका 83 जना नेपालीहरु नेपालका लागि हिँडेका थिए भने आज उनिहरु सीमाबाट नेपाल प्रवेश गरेको कुँवरले बताउनुभयो ।









































