HomeFeatureसंसदीय समितिहरुबीच समन्वयको अभाव र कोरोनाका कारण बैठक सञ्चालनमा समस्या

संसदीय समितिहरुबीच समन्वयको अभाव र कोरोनाका कारण बैठक सञ्चालनमा समस्या

काठमाण्डौ, 20 जुलाई 2020

प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभाका अध्यक्षले दुबै सदनका समिति सभापतिहरुसँग संयुक्त छलफल गरेका छन् । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले दुबै सदनका सभापतिहरुसँग समितिका काम कारवाही, समस्या, समाधानका उपाय, समन्वय र क्षेत्राधिकार लगायतका विषयमा छलफल गरेका हुन् । छलफलमा सभापतिहरुले समितिहरुबीच समन्वयको अभाव भएको, कोरोनाका कारण बैठक सञ्चालनका लागि समस्या भएको बताएका छन् । दुबै सदनका गरी १६ वटा समिति भएका कारण भौतिक दुरी कायम गरी बैठक सञ्चालन गर्न हलको अभाव भएको, उपकरण अभाव भएको, प्राविधिक सामग्रीको अभाव भएको लगायतका समस्या सभापतिहरुले सुनाएको सभामुख अग्नि प्रसाद सापकोटाले बताउनुभयो । आवश्यक प्राविधिक उपकरण परिपूर्ति गरी समस्या समाधान गर्न समितिका सभापतिहरुले आग्रह गरेका छन् ।

कार्यक्षेत्र जोडिएका समितिहरुबीच समन्वय अभावका कारण समस्या उत्पन्न हुने गरेको छ । त्यस्ता समितिहरुका सन्दर्भमा आवश्यक कुन समिति हो त्यसको बारेमा थप छलफल गरी निर्णय गर्ने समझदारी पनि बनेको उहाँले बताउनुभयो । कार्यक्षेत्र जोडिएका समितिहरुले अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने विषयमा पनि समझदारी भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...