काठमाण्डौँ, 10 अप्रेल
पछिल्लो समय सरकारी तथा बैंकिङ क्षेत्रहरुमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ। कोरोना भाइरस (कोभिड—19) संक्रमणको जोखिम बढेपछि सामाजिक दुरी कायम गर्न र सरकारी निर्णयहरुको पालना गर्न बैंकिङ क्षेत्रहरुले यसलाई प्राथमिकता दिएका छन्। डिजिटल माध्यमबाट गोष्ठि र छलफल मात्रै नभएर औपचारिक कार्यक्रम समेत हुन थालेका छन्। सनराईज बैंकले डिजिटल माध्यमबाट नै शुक्रबार औपचारिक कार्यक्रम गरी वर्ष 2077 को वार्षिक क्यालेण्डर विमोजन गरेको छ। अहिलेको विषम परिस्थितिमा ‘वर्क फ्रम होम’ लाई प्राथमिकता दिँदै सूचना प्रविधिको क्षेत्रमा कर्मचारीलाई प्रोत्साहन गर्न कार्यक्रम गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ जनकराज पौडेलले बताउनुभयो। आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै सेवा प्रवाहको अभ्यास स्वरुप क्यालेण्डर विमोचनको कार्यक्रम डिजिटल माध्यमबाट गरिएको उहाँले बताउनुभयो।
औपचारिक कार्यक्रम भएपनि बैंकका सम्पर्ण कर्मचारीहरु आ—आफ्नो ठाउँबाट नै प्रविधिको सहयोगमा जोडिएका थिए। लक डाउनको समयमा प्रविधिको प्रयोग बढ्दो पाइएको छ।









































