HomeFeatureसबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा प्राप्त गर्ने अभियानमा साथ दिन...

सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा प्राप्त गर्ने अभियानमा साथ दिन सबै पक्षलाई देउवाको  आह्वान

काठमाडौं, 15 सितम्बर 2021

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त गर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गर्नु भएको छ । प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको पनि बताउनु भयो । जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यामिक विद्यालय भवनको बुधबार एक कार्यक्रममा बीच उद्घाटन गर्दै उहाँले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको पनि स्मरण गराउनु भयो । प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै अवको सम्पूर्ण ध्यान त्यहाँको गुणस्तरीय शिक्षामै केन्द्रित हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले सो विद्यालय भवन निर्माणका लागि सहयोग गरेकोमा जापान सरकारप्रति पनि आभार व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘भौतिक पूर्वाधारको काम सकिएपछि गुणस्तरीय शिक्षामा सबैको ध्यान जानेनै छ । सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षाप्राप्ती आजको आवश्यक्ता हो । यस अभियामा सबै पक्षलाई केन्द्रित हुन अनुरोध गर्न चाहन्छु । सामूदायिक विद्यालयको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको र भविष्यमा थप कार्यक्रमहरु सूचारु गर्नेनै छ । विद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारीमा रहेता पनि संघीय सरकारले स्रोत, साधन र अन्य कार्यक्रमहरुसहित विद्यालय शिक्षाको विकास व्यवस्थापनमा सहयोग गरिरहेको छ ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले सो विद्यालयले दृष्टिबिहीन बालबालिकाहरुको पठनपाठन गराउँदै आएकोमा खुसी समेत व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मुलुकको शैक्षिक, सामाजिक तथा आर्थिक क्षेत्र निर्वाध रुपले संचालन हुने गरी सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी रुपले अघि बढाईरहेको दावी गर्नु भयो । उहाँले भूकम्पको महाविपत्तिले पुनर्निर्माणको कामलाई अघि बढाउन र कोरोनाको विपद्ले सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न ठूलो पाठ सिकाएको पनि स्मरण गराउनु भयो ।

मन्त्री भुसालले भन्नु भयो, ‘अव हामी खोपद्धारानै कोभिडको निरुपण गरेर शैक्षिकलगायतका सबै आर्थिकसामाजिक जीवनलाई फेरी निर्वाध ढंगले सधैं जस्तै अगाडि बढाउनेछौं । अहिले सरकारले र सम्माननीय प्रधानमन्त्रीज्यूले खोपखोपखोप मात्र पहिलो उद्देश्य भनेर सम्बोधन गर्नु भएको थियो र सोको कार्यान्वयनमा हामी त्यहीँ ढंगले लागिरहेका छौं ।

मन्त्री भुसालले सो भवन निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराएकोमा जापान सरकारलाई धन्यवाद दिनु भयो । जाईकाको आर्थिक सहयोगमा निर्माण गरिएको मुख्य शैक्षिक भवन २५ कोठाको रहेको छ भने २ वटा साना भवनमा दृष्टिबिहीन बालबालिकाको पठनपाठन हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...