काठमाडौं, 8 जून 2022
सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा अछामका नेकपा एमालेका सांसद यज्ञ बोगटीले शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिएको भन्दै ध्यानाकर्र्षण गराउनुभएपछि सभामुख सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभयो । सांसद साहीले उक्त राजनीतिकरण भएको आरोप लगाउनुभयो । अछाम प्रशासनले हत्याका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । गृहमन्त्रीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि जाहेरी दर्ता नभएको बोगटीले बताउनुभयो । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विनोद शाहीको जेठ २१ गते बिहान घर नजिकैको भिरमा शव फेला परेको थियो । मृतक किशोरका आफन्तले हत्या भएको आरोप लगाउदै आएका छन् ।









































