HomeFeatureरातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवा र प्रहरीबीच झडप, ढुङ्गा मुढा...

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवा र प्रहरीबीच झडप, ढुङ्गा मुढा र पानीको फोहोरा प्रहार

काठमाण्डौ, 3 सेप्टेम्बर

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण रोकिएको रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोक पुगेका स्थानीय युवा र प्रहरीबीच झडप भएको छ । लामो समयदेखि रोकिएका रथ तान्न भेला भएका युवाहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोड्दै संख्यामा स्थानीय पुल्चोकमा भेला भएका थिए । भिड हटाउन प्रहरीले आग्रह गर्दा पनि स्थानीयहरुले रातो मच्छिन्द्रनाथको रथ तानेर बिच सडकमा ल्याएका थिए ।

प्रहरीले भिडलाई तितर वितर पार्न खोज्दा आक्रोशित स्थानीयले नाराबाजी गरेका थिए । प्रहरीले उनीहरुलाई रोक्न खोज्दा झडप भएको हो । स्थानीयले नाराबाजी गर्दै प्रहरीलाई ढुंगामुडा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहोर सँगै केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा केही घाइते भएका छन । लामो समय देखि रोकिएको मच्छिन्द्रनाथलाई मलमास अगाडि नै बुंगमती लग्नुपर्ने प्रचलन छ । असार १० गतेबाट रथ निमाणको काम सुरु भएको थियो ।

भदौ १ गतेबाट तानिने भनिएपनि गुठीले तत्काल नतान्न निर्देशन दिएपछि रोकिएको थियो । मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ । गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन । लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...