HomeFeatureसरकारबाट समर्थन फिर्ता लिएर देखाउन ओलीको चुनौति, समर्थन फिर्ता लिए राजीनामा

सरकारबाट समर्थन फिर्ता लिएर देखाउन ओलीको चुनौति, समर्थन फिर्ता लिए राजीनामा

काठमाण्डौ, 3 अप्रैल 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिनुभएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित मुलुकका विभिन्न स्थानका १ सय ६५ वटा रणनैतिक महत्वका सडक सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले समर्थन फिर्ता लिन चुनौति दिनुभएको हो । उहाँले दिनहुँ विभिन्न थरिले आफ्नो राजीनामा माग्ने गरेको उल्लेख गर्दै समर्थन फिर्ता भएपछि राजीनामा दिने बताउनुभएको हो । उहाँले सरकारले आफ्नो ३ बर्षे कार्यकालमा निकै राम्रा र दुरगामी महत्वका काम गरेको भन्दै देश विकासको गतिमा लम्किएको देख्न नचाहने तत्वले सरकारको विरोध गरेको दाबी गर्नुभयो । उहाँले संसदलाई व्यक्तिगत स्वार्थमा नभई जनताको आवश्यकता अनुसार चल्ने बनाउनका लागि ताजा जनादेशकमा जानुपर्ने र सोही आवश्यकतालाई हेरेर सरकारले प्रतिनिधिसभा विघटन गरेको स्पष्ट पार्नुभयो ।

प्रधानन्त्री ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिनुभएको छ । उहाँले आफुलाई दिएको समर्थन र्फिता लिए राजीनामा  दिने बताउनुभयो । उहाँले राजधानीमा मेलम्चीको पानी आएको थाहा नपाउने अखबारले आफ्नो राजीनामा मागिएको समाचार भने दिनहुँ छाप्ने गरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो राष्ट्रको लोकप्रिय, बढी बिक्ने बहुत लोकप्रिय भन्ने अखबार काठमाण्डौमा मेलम्चीको पानी आएको समाचार दिदैन । प्रधानमन्त्रीको राजीनाममा मागियो भनेर । आज माग्या हो र प्रधानमन्त्रीको राजीनामा ? माग्या माग्यै छ त । मागेपिच्छे म कसरी दिनसक्छु ? एक दिन एउटा राजीनामा हुन्छ । एउटाले  माग्दैन , एक दिन माग्दैन । मागेको मागेकै छ । हटाउन न त । समर्थन पिर्ता लिईदेउ भन्छु त्यो पनि लिदैन । अनि राजीनामा माग्छ । राजीनामा त आईहाल्छ नि समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्देन । राजीनामा माग्छ । दिनै पिच्छे एक एकवटाले राजीनामा माग्छ अनि दिनै पिच्छे राजीनामा मागेको खबर अखबारले छाप्छ तर मेलम्चीको पानी आएको थाहा पाउँदैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...