HomeFeatureओलीद्वारा ताजा जनादेशको वकालत, संसद विघटन गर्नुको यस्तो बताए कारण

ओलीद्वारा ताजा जनादेशको वकालत, संसद विघटन गर्नुको यस्तो बताए कारण

काठमाण्डौ, 3 अप्रैल 2021

प्रधानमन्त्री ओलीले संसदलाई जनताको आवश्यकता र प्राथमिकतामा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रीत गरिए ताजा जनादेशमा जानुपर्ने तर्क गर्नुभयो। उहाँले संसदीय अंकगणित देशको आवश्यकता भन्दा बाहिर गएको अवस्थामा त्यो अंकगणितलाई परिर्वतन गर्नुपर्ने र  त्यसका लागि ताजा जनादेशमा जानुपर्ने दाबी गर्नुभयो । देश र जनतको  आवश्यकताका लागि संसदको अंकगणित परिर्वतन गर्नुपर्ने भएकाले आफुले संसद विघटन गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो संसद यस्तै हो । कहिले देशको आवश्यकता र संसदको गणित फरक पर्छ । कहिले कृतिम ढंगले केही मान्छेहरुले संसदीय अंकगणितलाई यताबाटउता, उताबाट यता सारिदिन्छन् । मिलाईदिन्छन् । संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधै प्रतिनिधित्व गर्छ भन्न सकिदैन । त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अंकगणित यदि अनुपयुक्त ढंगले त्यहाँ खेल  भईरहेको छ र अनुपयुक्त आकार लिईरहेको अवस्थामा संसदीय अंकगणित देशको आवश्यकता, जनताको आवश्यकता र अनुकुलताका लागि ताजा जनादेशमा जानुपर्छ । पोलिटिक्स त्यो हो । कसैको स्वार्थ केन्द्रीत, स्वार्थ निर्देशित होइन । देश,जनता र विकासको आवश्यकता अनुसारको अंकगणित हामीले जनप्रतिनि  संस्थाहरुमा निर्माण गर्नुपर्छ र खास गरि संसदमा, जो सरकार बनाउने,संविधान संसोधन गर्न सक्ने, कानुन निर्माण र परिर्वतन गर्न सक्ने थलो हो । त्यस थलोलाई देशको आवश्यकता अनुसारको अंकगणितीय बनावटमा लैजानुपर्छ । यदि व्यवस्थापन भएन र विभिन्न तत्व र व्यक्तिका स्वार्थहरुको खेलबाट अंकगणित आवश्यकता विपरित गयो भने ताजा जनादेशमा जानुपर्छ । हामीले गरेको विघटन त्यही गर्नका लागि हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...