HomeFeatureसरकारले जारी गरेको अध्यादेशहरु फिर्ता गर्न माग गर्दै नेवि संघद्वारा देशभरी प्रदर्शन

सरकारले जारी गरेको अध्यादेशहरु फिर्ता गर्न माग गर्दै नेवि संघद्वारा देशभरी प्रदर्शन

काठमाण्डौँ, 24 अप्रेल

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले जारी गरेका अध्यादेशहरु फिर्ता गर्नुपर्ने माग गर्दै देशभरी प्रदर्शन गरेको छ। सरकारले सोमबार जारी गरेका अध्यादेशहरु फिर्ताको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो। लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम गरेर 77 वटै जिल्लामा विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ।

सरकारले जारी गरेका अध्यादेश विरुद्ध लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम गरी सांकेतिक विरोध प्रदर्शन गरिएको नेविसंघ महामन्त्री युवराज पाण्डले बताउनुभयो। सिंगो देश कोरोना भाइरस (कोभिड-19) विरुद्ध लडिरहेका बेला सरकारले आफ्नो स्वास्र्थपूर्तिका लागि राजनीतिक खेल खेलिरहेको आरोप उहाँले लगाउनुभयो। राजनीतिको फोहोरी खेल खेल्न सरकारले असंवैधानिक र अराजनीतिक तरिकाबाट दुईवटा अध्यादेश ल्याएको उहाँको आरोप छ। सरकारले दुवै अध्यादेश फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने उहाँले बताउनुभयो।

जनताको अधिकार हनन गरी अधिनायकवाद लाद्न खोजे आन्दोलनमा उत्रिने चेतावनी पनि नेवि संघले दिएको छ। अफ्ठ्यारोमा सरकारलाई सहयोग गरिरहेको स्मरण गर्दै महामन्त्री पाण्डेले सरकारका गलत काम, भ्रष्टाचार, अनियमितता लगायतका विषयमा सधै खवरदारी जारी रहने बताउनुभयो। उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई देशको अभिभावक भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि आग्रह गर्नुभएको छ। ‘अध्यादेश खारेज गर, विधिको शासन लागु गर, विधिको तन्त्र जिन्दावाद, लोकतन्त्र जिन्दावाद’ जस्ता नारा लगाउँदै नेविसंघले विरोध प्रदर्शन गरेको हो।

यद्यपि सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयानुसार जारी भएका अध्यादेशहरु खारेज भएका छन्। सरकारको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...