HomeFeatureसांसद अपहरण अभियोगमा बस्नेत, श्रेष्ठ र खनालबिरुद्ध उजुरी दर्ता

सांसद अपहरण अभियोगमा बस्नेत, श्रेष्ठ र खनालबिरुद्ध उजुरी दर्ता

काठमाण्डौँ, 4 मे 2020

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धि निवेदन दर्ता गरेको छ। सांसद डा. यादवले आफुलाई अपहरण गरेको भन्दै सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनाल विरुद्ध दिएको निवेदन दर्ता गरेको हो। यसअघि अध्ययनका लागि केही समय चाहिने भन्दै सरकारी वकिल कार्यालयले उजुरी लिएको थिएन्। सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले सोमबार डा. यादवको उजुरी दर्ता भएको बताउनुभयो। प्रहरीले जाहेरी लिन नमानेपछि कानूनअनुसार सरकारी वकिल कार्यालयमा दर्ता भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘जाहेरी लिएर प्रहरीमा गएका थियौँ। तर प्रहरीले इन्कार गरेपछि कानून अनुसार यहाँ (सरकारी वकिल कार्यालय) मा दर्ता हुनुपर्ने हो। त्यसैले यहाँ गरिदिनुपऱ्यो भनेर उहाँहरु आउनुभयो। त्यसैले विषय के रहेछ। हेर्नुपऱ्यो भनेर कानूनले दिएको जिम्मेवारी अनुसार निवेदन दर्ता भएको छ।’

सरकारी वकिल कार्यालयमा दर्ता भएको उजुरी आवश्यक कारवाहीका लागि प्रहरीमा पठाउनुपर्ने कानूनी प्रावधान अनुसार उजुरी प्रहरीकोमा पठाइने छ। मुलुकी फौजदारी कार्यविधि संहिता, 2074 को दफा 5 मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ। र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ। यसअघि डा. यादव लगायतका नेताहरु सरकारी वकिलको कार्यालय पुगेपनि निवदेन दर्ता भएको थिएन्। प्रहरी र सरकारी वकिल कार्यालयले निवेदन दर्ता नगरेपछि डा. यादवले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...