HomeFeatureसिन्धुपाल्चोकमा एकैपटक २ सय बढी विरामी भएपछि कोरोनाभाइरसको त्रास

सिन्धुपाल्चोकमा एकैपटक २ सय बढी विरामी भएपछि कोरोनाभाइरसको त्रास

काठमाडौँ, १२ फरवरी, २०२०
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा एकैपटक धेरै स्थानीय विरामी भएपछि त्यहाँका वासिन्दामा छिमेकी देश चीनलगायत विश्वभर नोवेल कोरोनाभइरसको आतङ्क फैलिरहेका बेला सोही रोगको संक्रमण त्यहाँ पनि देखिएको हो कि भन्ने त्रास फैलिएको छ ।

जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार मङ्गलबार बेलुकासम्म २०१ जना विरामी परेका छन् । ती मध्ये १० जनाको स्वास्थ्यमा बुधबार विहानदेखि केही सुधार आएको उपाध्यक्ष तामाङले जानकारी दिइन् । विरामी परेकाहरुमा कोरोनाभाइरसको लक्षणसँग मेल खाने सङ्केत देखिएकोले त्यहाँ त्रास फैलिएको उपाध्यक्ष तामाङले बताइन् ।

उनका अनुसार उक्त वडामा मङ्गलबारै स्थानीय स्वास्थ्य चौकीबाट चिकित्सकहरुको टोली पुगेको र बुधबार जिल्ला जनस्वास्थ्य कार्यलयबाट थप चिकित्सकहरुको टोली पुग्दैछ । माघ २३ गतेबाट स्थानीयहरुमा रुघाखोकी र ज्वरो आउन सुरु गरेको र २८ गतेसम्म पुग्दा त्यो संख्या बढेर २ सय नाघेको स्थानीयले बताएका छन् । सर्वसाधारणहरु ठूलो संख्यामा एकै किसिमको लक्षणसहित विरामी परेपछि जुगल गाउँपालिकाले मंगलबार एक जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेख्दै विशेषज्ञहरुको टोली पठाइदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...