HomeTrending Newsसिमानाकामा अलपत्र प्रवासी नेपाली र अर्घाखाँचीमा राजनैतिक दाउपेचको श्रृंखला

सिमानाकामा अलपत्र प्रवासी नेपाली र अर्घाखाँचीमा राजनैतिक दाउपेचको श्रृंखला

गोविन्द पोख्रेल, भैरहवा
नेपाली समाज र नेपालको राजनैतिक परिवेश अति नै दयनीय अवस्थाबाट गुज्रिएको वर्षौ वित्दा पनी संकिर्ण सोचको खाडल भने ज्यूँ का त्यूँ रहेको देखिन्छ । मानिसमा अर्थात राजनैतिक अर्ध चेतनाका भरौटेहरुका लागि बनेको खाडल साम्य हुन नसक्नु यसको परिणाम हो ।
मुलुक महामारीको कारण आहात भएको यस्तो विषम परिस्थितिमा पनि राजनैतिक संकिर्ण सोंचमा रहेका र नेताहरुको खल्तिबाट पालिएका कार्यकर्ता नामका कैयन व्यक्तिहरुले श्रेय लिन हो वा सस्तो लोकप्रियता का लागि हो ? आ–आफ्ना डम्फुहरु बजाएरै छाडे ।

 

प्रसंग पाँच नम्बर प्रदेशको सिमानाका भैरहवा–नौतनवामा रहेका प्रवासीहरुको उद्दार कार्यमा अर्घाखाँची जिल्लाको सर्वदलीय वैठकको हो ।
प्रतिनिधि सभा सांसद टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यतामा नेकपाका जिल्ला कमिटि अध्यक्ष चेत नारायण आचार्यको अध्यक्षतामा सम्पन्न सर्वदलीय वैठकमा विभिन्न पार्टिका आदरणीय नेताहरु विशेष आमन्त्रीत सदस्यको रुपमा रहेको स्पष्ट उल्लेख छ ।

 

सर्वदलीय वैठक राखेर सराहनीय काम गर्ने नेपाली काँग्रेस पार्टि सभापति बिष्णु प्रसाद खनाल(मुस्कान), उप–सभापसति शान्ता भण्डारी सँगै नेकपाका जिल्ला इन्चार्ज(अध्यक्ष) चेतनारायण आचार्य र सचिव ठाकुर बि.क. तथा राजमो नेपालका अध्यक्ष सागर के. सी. को संयुक्त पहलमा स्थानीय जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी समेतको सर्वदलीय वैठकले अ. खाँ. जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधिहरु प्रदेश सभाका जनप्रतिनिधि र प्रतिनिधि सभाका जन प्रतिनिधि सहित पूर्व सांसद एवं मन्त्रीहरुलाई सिमानाकामा अलपत्र परेकालाई आ–आफ्ना स्थानीय निकायमा ल्याएर स्वास्थ्य परिक्षण गरि आवस्यकता भए क्वारेन्टाइन गर्न व्यवस्थापन मिलाउन समेत दवाब श्रृजना गर्नुले जिल्लाको एकता र जिल्लाका नागरीक हितको उत्कृष्ट मानवीय कार्य भै रहयो ।

यस महान कार्यको सर्वदलीय वैठकमा राजमोका केन्द्रिय सदस्य शेर बहादुर बि. सी., नेता झविन्द्र थापा, नेकपाका कार्यालय सदस्य पिताम्बर भुसाल र राजेन्द्र भुसाल सहितको भुमिका रहेको बुझिन्छ ।

त्यस्तै विशेष आमन्त्रीतको रुपमा टोप बहादुर रायमाझी पुर्व उप प्रधानमन्त्री तथा प्रतिनिधि सभा सांसद, चन्द्र बहादुर खड्का राष्ट्रिय सभा सदस्य र रामजी प्रसाद घिमिरे प्रदेश सभा सदस्य रहेका थिए ।

तर आफुलाई ठुलै कार्यकर्ता सम्झने राजनैतिक कर्मिहरु सामाजिक संजालमा आ–आफ्ना नेताहरुको बखान गर्नतिर भने, अग्रसर नै रही रहे । जबकी यो कार्य सर्वदलीय रुपमा अघि बढेकोले श्रेय सबै राजनैतिक दलका अगुवा नेताहरुलाई जाने कुरामा दुविधा देखिदैन ।
अर्घाखाँची जिल्लाको सर्वदलीय वैठकको मिसाललाई सर्वसम्मत स्वीकार गरि यस महान कार्यका लागि निरन्तरता दिने आदरणीय युवा नेताहरुलाई सम्मान दिनुको वदला मेरो नेताले गर्दा भएको हो, भनेर डम्फु बजाउनुको कुनै तुक छैन ।

 

यसले के दर्शाउछ भने, अझैपनि आफ्नो दम्भ र लडाई झगडाको राजनैतिक चरित्रबाट कार्यकर्ता मानसीक रुपमा विकसित छैनन । चेतनाको स्तर लडाई झगडामै सिमित छ । वास्तबिकतालाई स्वीकार गर्नुको सट्टा आ–आफ्ना नेताको बखान गरेर आफुलाई नजिक बनाउने फोहोरी रणनिति ब्याप्त छ । लोकतान्त्रिक अभ्यासमा अझैपनि कमि कमजोरी छन । यस्ता कृयाकलापमा लाग्ने जो सुकैलाई पनि नेताहरुले गतिलो सिकाउन सकेका छैनन ।

मूलुक लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिमा छ भनेर भन्ने अवस्था पनि छैन । स्वतन्त्रताको अर्थ वास्तबिकतालाई यथार्थ रुपमा वर्णन गर्नु हो । न की एक आपसमा बाँझाबाँझ गर्नु ।

जब जिल्लाका नेताहरुले एउटा मिसाल दिन सफल भएका छन । सर्वदलीय रुपमा भने, तिनै नेताका खुट्टे कार्यकर्ता उनीहरुको मिसाललाई सिरोधार्य गर्दै अगाडी बढ्नु पर्नेमा तेरो नेता भन्दा मेरो राम्रो रे ! राम्रो चरित्र निर्माण गरे अहिलेका नेताहरु पछिको समय तिनै खुट्टेहरुको हुनेछ, र नेतृत्व पंक्तिमा पुग्नेछन । यस्तै चाला रहे उनीहरुको सामाजिक चेतनाको विकासमा आँच न आउला भन्न सकिदैन ।

 

अब प्रवासी नेपालीहरुको प्रसंग
प्रवासीहरु चैत महिनाको १५ र १६ गते गरि लगभग ३७० जनाका हाराहारीमा भैरहवा सिमानाकामा आएर अलपत्र परेका थिए ।
अर्घाखाँची जिल्लामा सर्वदलीय वैठक तत्कालै बोलाईयो । १८ गतेसम्म निरन्तर वैठक चलिरहयो । प्रदेश सरकारलाई दवाब श्रृजना गर्न अर्घाखाँचीको सर्वदलीय टोलीले गुल्मी, पाल्पा, रुपन्देही र कपिलवस्तुमा समेत चर्चा चलायो ।
जसका कारण रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ एक हिसाबले कार्य पद्धतिका लागि अग्रसर भए । उनीहरुको नाम सहितको विवरण लिने कार्य भयो । तर केन्द्र सरकार खासगरि गृह मन्त्रालयको कुनै निर्देशन नभएका कारण र सम्माननीय प्रधानमन्त्रीको लकडाउन लक डाउन हो, भन्ने घोषणा अनि नेपाल सरकार र भारत सरकारको संयुक्त कार्य योजनाका कारण उनीहरुलाई भारततिरै क्वारेण्टाइन गरेर राख्ने निर्णय भयो ।

त्यस्तै लगभग २५० जना भारतीय नागरीकहरु भैरहवा नाकामा देखा परे । त्यसको व्यबस्थापनका लागि प्रजिअ पन्थ र सुरक्षा निकायले नेपाल मै व्यबस्था मिलायो र विभिन्न विधालयहरुमा क्वारेन्टाइनमा राख्ने काम भयो । यता अर्थात नेपालतिर भारतीय नागरीकको व्यबस्था भए जस्तै उता अर्थात भारततिर नेपालीहरुको व्यबस्था मिलाउने काममा प्रदेश पाँचको भुमिका रही आयो ।

 

तर पनि अर्घाखाँची जिल्लाका दलीय नेतृत्वमा रहेका नेतृत्वदायी भुमिका निर्वाह गर्ने आदरणीय राजनैतिक कर्मिहरु निर्धक्क सँग सुतेर बस्न सकेनन् । पहल काठमाडौंबाटै शुरु गरे । काठमाडौंमा दयनीय अवस्थामा रहेका जिल्लाबासी नागरीक अ. खाँ. ले भित्र्याएरै छोड्यो । संजय पोख्रेल, अर्जुन पोख्रेल, तारा प्रसाद फुल्लेल जस्ता सामाजिक व्यक्तिहरुको अग्रसरतामा र सर्वदलीय नेताहरुको निर्देशनमा भएको हो भन्ने पनि बुझियो । तर त्यहि स्थानमा मिडियाकर्मि सहित पुगेर कतिपय राजनैतिक कर्मीहरुले श्रेय लिन खोजे भनेर व्यापक बिरोध भएको पनि देखियो ।
काठमाडौंबाट जिल्लाका जनताहरु भित्राएपछि अब पालो थियो, सिमानाकामा अलपत्र परेका प्रवासी नेपालीहरुको । उनीहरुको उद्धारको क्रममा पहिलो दिनको पालो आयो वैशाख १२ गते अर्थात सिमानाकामा आएको २७ दिन र क्वारेन्टाइन भएको २५ दिनपछि ।
सिमानाकामा रहेको जिल्ला रुपन्देही भएका कारण यो जिल्लासँग सम्बन्धित रहेको प्रशासन कार्यालयको जिम्मेवारीमा उनीहरुलाई सुरक्षा निकायको मातहतमा नेपाल प्रवेश गराउने कार्य भै रहेको छ । हिजो मात्र १०१ जना नेपाल भित्रिएका छन र बाँकी रहेकाहरु आज र भोली गरि नेपाल भित्रिने छन ।

 

सर्वदलीय निर्णय र सर्वसम्मत भएको यो निर्णयमा कुनै नेताजी सिमानाकामा आएको र उनीहरुलाई रिसिभ गरेको हल्लाको पनि कुनै तुक छैन । यदि कुनै आदरणीय नेताजी सिमानामा आउने काम गर्नु भएको छ भने, वहाँ अहिलेको हकमा सर्वदलीय प्रतिनिधिको हैसियतमा नेतृत्व गरेर आएको हो, भनेर बुझ्न जरुरी छ । जो सुकै होस्, वहाँ नेकाँले, नेकपाले र राजमोले पठाएको प्रतिनिधि मात्रै हो, भनेर बुझ्न जरुरी छ । निर्णय सर्वदलीय भयो, काम राज्यको संयन्त्रले गर्ने हो । त्यो कार्य जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गरेको छ । र जसको नेतृत्वदायी भुमिका जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रजिअ पन्थले गरेका छन ।

 

सन्दर्भ सामाग्री तयार गर्ने लेखक : नेपाल पत्रकार महासंघ भारतका सल्लाहकार प्रमुख तथा नेशनल लाईव टि.भि. का संयोजक हुन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...