HomeFeatureलकडाउनका कारण भोकै रहन बाध्य भएकाहरूलाई काठमाडौंको स्वयम्भुमा खाना खुवाइँदै

लकडाउनका कारण भोकै रहन बाध्य भएकाहरूलाई काठमाडौंको स्वयम्भुमा खाना खुवाइँदै

काठमाण्डौँ, 24 अप्रेल

कोरोना भाइरस (कोभिड­–१९) संक्रमणको रोकथामका लागि सरकारले देशभर लकडाउन लागू गरेको एक महिना पुगिसकेको छ। लकडाउनका कारण कतिपयको घरमा चुल्हो निभेको छ। सरकारले समस्यामा परेकालाई राहत वितरण पनि गऱ्यो। तर त्यो राहत अप्रयाप्त भयो भने कतिपयले पाउनै सकेनन्। यसैलाई ध्यान दिदै काठमाडौं महानगरपालिका वडा नं. 15 ले राहत स्वरुप सबैलाई खाना खुवाउने व्यवस्था गरेको छ। लकडाउनका कारण दैनिक श्रम गरेर पेट भर्ने मानिसहरुलाई समस्या भएपछि सरकारले राहत बापत खाद्य सामग्री वितरण गरेको थियो। तर उक्त राहत सामग्री लक्षित वर्गमा पुग्न नसकेको र आवश्यकता भएकाले पाउन नसकेको भन्दै आलोचना पनि भयो। लक्षित वर्गले राहत पाउन नसकेको गुनासो बढीरहेका बेला काठमाडौं महानगरपालिका वडा नं. 15 ले भने समस्यामा परेकाहरुलाई राहत स्वरुप काठमाडौंको स्वयम्भुमा दैनिक खाना खुवाउने व्यवस्था गरेको छ। विभिन्न दाताहरुबाट सहयोग उठाएर दिनको एकपटक खाना खुवाउने व्यवस्था वडा कार्यालयले गरेको हो। स्वयम्भू स्थित भुइखेल टोल सुधार समितिको संयोजनमा वडा कार्यालयले दैनिक 5 सय भन्दा बढी मानिसहरुलाई खाना खुवाइरहेको छ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 15 का अध्यक्ष इश्वरमान डङ्गोलले महानगरले एकचरण राहत वितरण गरेको र राहत पाउन नसकेको गुनासो आएको अवस्था र नागरिकको घरमा ग्यास तथा खाद्य सामग्री सकिदै गएपछि खाना खुवाउने उपाय निकालिएको बताउनुभयो। उहाँले दैनिक बिहान 11 बजेदेखि 1 बजेसम्म पेटभरी खाना खुवाउने व्यवस्था गरिएको बताउनुभयो। यसबाट राहतका लागि भन्नै नसक्ने र राहत पाउन नसकेकाहरुलाई राहत मिलेको बताउनुभयो। अहिले स्वयम्भु, कलंकी, कालिमाटी, डल्लु, क्षेत्रपाटी लागयतका क्षेत्रमा मानिसहरु खाना खान आउने गरेको उहाँले बताउनुभयो।

खाना खुवाउने क्रममा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण अपनाउनुपर्ने विषयमा पनि ध्यान दिइएको उहाँले बताउनुभयो। खाना खानको लागि सबैभन्दा पहिला आफ्नो सरिरलाई डिसइन्फेक्सन गर्नुपर्छ। त्यसका लागि खाना खुवाउने स्थलमा डिसइन्फेक्सन गर्ने मेसिन (सरिर निसङ्क्रमण टनेल) पनि राखिएको छ। खाना लिन जानभन्दा पहिला सबैले टनेल भित्र पसेर आफ्नो सरिरलाई निसङ्क्रमण गर्नुपर्छ। त्यस पछि खाना खानको लागि आफ्नो विवरण टिपाउनुपर्छ। यस्तै खाना खान लाइन बस्ने क्रममा पालना गर्नुपर्ने न्यूनतम दुरी पनि कायम गरिएको छ। पालैपालो खाना लिन जाने र चउरमा छुट्टाछुट्टै बसेर खाना खाने व्यवस्था मिलाइएको छ। खाना थप्नुपर्नेले पनि दुरी कायम गरेरै थप्न जानुपर्छ । खाना खाइसकेपछि पलास्टिकको झोलाभित्र प्लेटलाई राख्ने र सामाजिक दुरी कायम गर्दै बाहिर निस्कने व्यवस्था गरिएको छ।

खानामा दाल, भात, तरकारी खुवाइन्छ। खाना व्यवस्थापन समितिका संयोजक किरण राजशाहीले सुरक्षा व्यवस्थालाई उच्च ध्यान दिइएर खाना खुवाउने गरिएको बताउनुभयो। खाना खुवाउन थालेपछि सुरुको दिनमै 1 सय 50 जनाले खाना खाएकोमा अहिले दैनिक 5 सय देखि 6 सय जनासम्म खाना खान आउने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...