HomeFeatureकञ्चनपुरको दोधारा-चाँदनीमा आजबाट आंशिक लकडाउन, पुस ९ गतेसम्म विद्यालय बन्द, पसल पनि...

कञ्चनपुरको दोधारा-चाँदनीमा आजबाट आंशिक लकडाउन, पुस ९ गतेसम्म विद्यालय बन्द, पसल पनि आंशिक खुल्ने

महेन्द्रनगर, 18 डिसेम्बर 2020

कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्र अर्थात महाकाली नगरपालिकामा आजबाट आंशिक लकडाउन गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्ष निकाल्दै नगरपालिकाले आंशिक लकडाउनको निर्णय गरेको हो ।

नगरपालिमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले पुस ९ गतेसम्म नगरपालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै बैंकहरु बिहान १० देखि दिउँसो १ बजेसम्म खोल्न पाइने, किराना-खाद्यान्‍नलगायत पसल पनि १० देखि १ बजेसम्म मात्रै खोल्न पाइनेछ । नगरपालिका र वडा कार्यालयमा अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ ।

अत्यावश्यकबाहेकका सवारीसाधन बन्दसँगै भारतबाट आयात हुँदै आएका माछा, मासुलगायत सबै सामान दुईतर्फी रुपमा बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

दोधारा-चाँदनी महाकालीपारिको नगरपालिका हो भने सो क्षेत्र भारतीय सीमासँग जोडिएको छ । खुला सीमाना भएका कारण सो क्षेत्रमा दुवै देशका नागरिक नेपाल तथा भारतमा सहज आउजाउ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...