कैलाली, 31 जुलाई/ हिम शाह
सुदूरपश्चिममा शुक्रबार थप 26 जनामा कोरोना भाइरस (कोभिड-19) को संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप 26 जनामा संक्रमण पुष्टि भएको हो।
सेति प्रादेशिक अस्पतालका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका 16, टीकापुरगका 7, बझाङको मष्टा–1 का 20 वर्षीय पुरुष, छव्विस पाथिभेरा गाउँपालिका वडा नम्वर 7 का 42 वर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर 17 का 25 वर्षीय पुरुषमा कोरोना देखिएको छ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या 4 हजार 437 पुगेको छ।










































