HomeFeatureसुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, शनिबार थप १३ जनामा...

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, शनिबार थप १३ जनामा कोरोना पुष्टि

धनगढी, 6 जुन 2020, हिम शाह

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ। शनिबार थप १३ जनामा कोरोना पुष्टि भएसँगै प्रदेशभर कुल संक्रमितको संख्या एक सय पाँच पुगेको हो। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार नयाँ संक्रमितहरुमा बझाङका ६, कैलाली र काठमाडौँका दुई–दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक–एक जनामा कोरोना पुष्टि भएको हो।  संक्रमित हुनेमा बझाङका २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा दुई जना ४० वर्षीया महिला छन्। उनीहरूमध्ये पाँचजना भारतको दिल्लीबाट र एकजना काठमाडौंबाट बझाङ पुगेका थिए। जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले संक्रमितलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको बताए।

यस्तै कैलालीको गोदावरी नगरपालिका ४१ वर्षीय पुरुष, धनगढी उप–महानगरपालिका–४ की ५५ वर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका–३ का ३८ वर्षीय पुरुष, काठमाडौँका १८ र ३८ वर्षीय पुरुष, अछामको मंगलसैसन नगरपालिका– १ की ५२ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ।

यस्तै डडेल्धुरामा एक सुत्केरीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। अस्पतालका निमित्त मेसु डाक्टर जगदिश विष्टले नवदुर्गा गाउँपालिका–४ सिरोडकी २१ वर्षीय महिलालाई कोरोना भएको पुष्टि गरे। २३ गते अस्पतालमा शिशु जन्माएकी उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...