HomeFeatureसुरतमा समस्यामा परेका नेपालीहरुलाई मूल प्रवाहको सक्रीयतामा १९ क्वीन्टल खाद्यान्न वितरण

सुरतमा समस्यामा परेका नेपालीहरुलाई मूल प्रवाहको सक्रीयतामा १९ क्वीन्टल खाद्यान्न वितरण

सुरत, सचिन, 24 मई 2020, बिन बहादुर रेग्मी

कोरोना भाईरस (कोभिड–१९) र लकडाउनको कारण सुरत र सचिन जिआइडिसी अन्तर्गतका विभिन्न स्थानमा समस्यामा परेका नेपाली श्रमिकहरुलाई करिब १९ क्वीन्टल खाद्यान्न वितरण गरिएको छ  । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सक्रियता र नेपाली हेल्पलाईन ईन्डियाँ, पनाहा फाउण्डेशनको आर्थिक सहयोगमा ७५ हजार नगद बराबरको खाद्यान्न वितरण गरिएको हो ।

गत दुई महिनादेखि काम धन्दा पुरै ठप्पै हुँदा गुजरातको सचिन जिआइडिसी र सुरत शहरमा विपत्तीमा परेका करिब १४१ परिवारलाई सो राहत वितरण गरिएको सुरतबाट हामीलाई विन बहादुर रेग्मीले जानकारी दिनुभएको छ ।

रेग्मीका अनुसार वितरण गरिएको खाद्यान्नमा ७०५ किलो चामल, ७०५ किलो आँटा, १४१  किलो तेल, १४१ किलो दाल, १४१ किलो नून, १४१ बट्टा हात धुने साबुन, १४ किलो हल्दी पाउडर र १४ किलो खुर्सानी पाउडर रहेको थियो । सो सामाग्रीहरु उद्योगनगर, सचिन जिआईडिसी, बमरौली, मिनिबजार, जिडीरोड, सिद्धि गणेश, सचिन हाउसिंग लगायतका सचिन, सुरत तथा सचिनका विभिन्न एरियाहरूमा वितरण गरिएको हो । सम्पूर्ण सामाग्रीहरुलाई समिटी १४१ किट तयार पारि वितरण गरिएको थियो ।

यो लकडाउनको परिवेशमा हजारौं नेपाली श्रमिकहरू बिचमा पुगि राहात बितरण गर्नु सजिलो नभएता पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुको इमान्दारी र सक्रियताले नै सो कार्यलाई पुरा गर्न सकिएको रेग्मीले बताउनुभयो ।

रेग्मीले यो सहयोग राहत मात्र भएकोले प्रयाप्त नभएको भन्दै यो दुई महिनाको लकडाउनले खाद्यान्न र आर्थि दुबै सक्किएकोले भोकमरीको संकट परिरहेको बेला नरेश कुमार सिंजापती सहित पनाहा फाउण्डेशनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति सचिन र सुरतलाई विश्वास गरि राहात उपलब्ध गराएकोमा उहाँहरुको सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

राहात वितरणका लागि अहोरात्र खटिनु भएका समाज सेवी करण केसी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति र सचिन नगर समितिका हरिकुमार गिरी, ध्रुवराज न्यौंपाने, कमल श्रेष्ठ लगायत सम्पूर्ण कार्यकर्ताहरुलाई रेग्मीले धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...