नयाँ दिल्ली, 24 मार्च 2020
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ का कारण विश्व त्रस्त छ । कोरोना भाइरसको प्रभावले यतिखेर भारतमा चौथो लकडाउन चलिरहेको छ । यसको प्रभावको समस्याले प्रवासी नेपालीहरूको हजारौंको सँख्यामा रोजगार गुमेको छ भने हजारौ सँख्यामा अलपत्र परेका नेपालीहरूलाई सङ्गठनको क्षमता अनुसार भारतमा नेपाली र भारतीय संघ-संस्थासँग सहकार्य गर्दै सहयोगका लागि अखिल भारत नेपाली एकता मञ्च निरन्तर रुपमा खटिरहेको छ । अखिल भारत नेपाली एकता मञ्चका युवा नेता आरबी खड्काको नेतृत्वमा अखिल भारत नेपाली एकताका केन्द्रीय सदस्य भानु बजगाई केन्द्रीय सदस्य जीवन शर्मा, केन्द्रीय सदस्य सूर्य राना, अखिल भारत नेपाली एकता मञ्च राज्य सदस्य कैलाश कोली र समाजसेवी दीपक पुन लगायत एकता मञ्चको सम्पूर्ण टीमले विशेष पहल गर्दै अलपत्र नेपालीहरूको दैनिकी सहज बनाउन राहत सामग्री वितरण गरेको छ । होटल, फैक्ट्रीलगायत विभिन्न क्षेत्रमा काम गर्ने नेपाली समुदायहराई राहत वितरण गरिएको हो । हरियाणाको गुरुग्राम सेक्टर ३७ र मेदान्ता अस्पताल वरिपरि बस्ने परिवार, दिल्लीको रोहिणीमा दक्षिण भारतबाट नेपाल जान आएका कर्णाली प्रदेशका परिवार सहित २७ जना, दिल्ली रोहिणी सेक्टर ५ र १६ मा रोजगारी गुमेपछि अलपत्र परेका ५८ जनाको परिवारलाई 16 दिनलाई पुग्ने खाद्यान्न वितरण गरिएको हो । उनिहरु प्राय दाङ, गुल्मी, बझाङ, कैलाली लगायतका नेपालीहरु छन । यस राहत वितरणमा कोरोना भाईरस महासङ्कटको शुरुवातदेखि नेपालीहरुलाई सहयोग गर्दै आएको शिवपुरी धाम प्रवासी समूहको विशेष सहयोग गरेको छ ।
पर्वत जिल्ला पँयु गाँउपालिका वाड नम्बर 3 को शिवपुरी धाम प्रवासी समूहका कोषाध्यक्ष छविलाल भट्टराई, उपाध्यक्ष एवं कानुनी सल्लाहकार देवीप्रसाद काफ्ले, समूहका अध्यक्ष तोलाकान्त काफ्ले, सचिव तारा प्रसाद भुषाल, सदस्यहरु रामप्रसाद भुषाल, यामप्रसाद भुषाल, छविलाल काफ्ले, पर्शुराम काफ्ले, भोजराज काफ्ले, कृष्ण काफ्ले, निलकण्ठ काफ्ले र दीपक काफ्ले लगायतको प्रवासी समूहका सदस्यहरूले आर्थिक सहयोग गरि खाद्यान्न वितरणमा सहयोग गरेका थिए । सो समूहले पर्वत जिल्लामा स्कूल, बाटो, मठ, मन्दिर, गुफा निर्माण र गरीब दुःखी, असहाय, कैंसर पीड़ित लगायतलाई आर्थिक सहयोग गर्दै आएका छन ।

पीड़ित परिवारहरूले सहयोग पाएपछि दाताहरूप्रति आभार व्यक्त गरेका छन ।
कोरोना भाइरस रोकथामको लागि भारत सरकारको लकडाउनपछि नेपाली नागरिकहरूको रोजगारसँगै लामो समय कामविहीन बन्नु परेपछि नेपाली कामदार बिचल्लीमा पर्न थालेका छन् । गोजी रित्तिएको र खानेकुरा पनि सकिएकाले समस्या परेको छ । लकडाउनले काममा निस्कन पाइएको छैन, केहि राज्य सरकारले कोठाभाडा तिर्न नपर्ने बताएपनि घरबेटीले भने मागिरहेका छन । खानाको जोहो गर्न मुस्किल भइसक्यो, जसलाई खाद्यान्न संकट भएको छ । महामारीको संकटको समयमा सकेसम्म आफु सुरक्षित हुनुपर्छ र अरुलाई पनि सुरक्षित राख्न सहयोग गर्नु अहिले सबैको कर्तव्य हो ।









































