HomeFeatureस्थानीय तहको समन्वयनमा बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन गरिने

स्थानीय तहको समन्वयनमा बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन गरिने

काठमाण्डौ,21 अक्टोबर 2020

बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयनमा गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेलले स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्नेगरी कार्यविधि तयार पारिएको बताउनुभएको छ। कार्यविधि अनुसार विपद व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले नै गर्नेछन भने प्राधिकरणले आवश्यक समन्वय गर्नेछ। स्थानीय सरकारलाई सहयोग गर्न जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने काम प्राधिकरणले गर्ने पोखरेलले बताउनुभयो। पुनस्थापनमा पछि जीविको पार्जनका लागि विभिन्न संघसंस्था र निजी क्षेत्रसँग सम्न्वय गरी विभिन्न कार्यक्रमहरु लागू गरिने पनि उहाँले बताउनुभयो। यस्तै बाढी पहिरोबाट हुने क्षतिको वित्तीय व्यवस्थापनको दिर्घकालीन समाधान खोज्ने काम पनि प्राधिकरणले गर्नेछ । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार जोखिमका लागि वित्तीय लगानीको अवधारणा अनुसार घर तथा सम्पत्तिको बीमा  गर्ने लगायतका औजारहरुको प्रयोग गरिनेछ।

सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट, आछाम लगायतका जिल्लामा बाढी पहिरोबाट भएको क्षति र तीनका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम शुरु भइसकेको पनि उहाँले बताउनुभयो। प्राधिकरणको कार्यकारी समितिले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै विपद व्यवस्थापनका अन्य कार्यक्रमहरुलाई अगाडि बढाउने पनि पोखरेलले बताउनुभयो। यस्तै प्राधिकरणले बाढी, पहिरो, आगलागि, भूकम्प लगायतबाट हुने विपदको व्यवस्थापनका लागि वृहत कार्यविधि तयार गरी काम गर्न लागेको पनि उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...